मङ्सिर २, इटहरी । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन । १५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, इटहरी । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन । १५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्"/>
2026-07-25 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच बालक चारदिनदेखि सम्पर्कविहीन

मङ्सिर २, इटहरी । एसओएस बालग्रामको भिलेजमा बसोबास गर्दै आएका पाँच बालक चार दिनदेखि सम्पर्कविहीन बन्न पुगेका छन । १५ वर्षीय दीपक बस्नेत र देव खत्रीसँगै १३ वर्षीय सन्त बस्नेत, सबिन बस्नेत र सन्देश थापा क्षेत्री भिलेजको पछिल्लो भागबाट पर्खाल नाघेर सम्पर्कबाहिर भएका हुन् । 

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको बन्द आह्वान भएको गत कात्तिक २८ गते दिउँसो बालग्राम भिलेजको पर्खाल नाघेर बाहिरिएका ती बालक बाहिरिनासाथ तत्काल खोजतलास जारी राखिएको निर्देशक गोविन्द मास्केले जानकारी दिनुभएको छ । ती बालक बाहिरिनासाथ प्रहरीलाई समेत खबर गरिएको पनि उहाँले जानकारी दिनुभएको छ । 

सम्भवतः बालग्राम आसपासकै क्षेत्रमा र आफन्तको घरमा गएको अनुमान गरी ती सम्भावित स्थानमा व्यापकरुपमा खोजतलास जारी गरिएको पनि उहाँले जानकारी दिनुहुँदै यतै आसपासका क्षेत्रमा लुकेर कसैको घरमा रहेको हुनसक्ने अनुमान गरी बालग्राम परिवारले व्यापक रुपमा प्रहरी समेतको संलग्नतामा खोजी जारी रहेको बताइएको छ । 

ती सबै बालक अभिभावक नभएका र कोही कारागारमा जेल सजायमा रहेका मानिसका छोरा रहेको रामधुनीभासी नगरपालिका–४ का रेवन्त सिंहले थप जानकारी दिनुहुँदै सम्पर्कविहीन भएकामध्ये इटहरी—४ का सबिन बस्नेतका बाबुले आमाको हत्या गरेपछि उनी संरक्षणका लागि बालग्राम भिलेजमा रहँदै आएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक