२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय

२०७३, ३ मंसिर शुक्रबार ०५:२५

नन्दराम जैशी । मंसिर ३, जुम्ला । जुम्लामा रहेका १ सय ९७ वटा सामुदायिक वनहरु मध्ये ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेको पाईएको छ । कार्य सम्पादनका आधारमा गरिएको मूल्याङ्कनमा जुम्लामा रहेका ६० प्रतिशत सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेका छन् । 

जुम्लामा रहेका सामुदायिक वनहरुको प्रगति प्रतिबेदनको आधारमा सामुदायिक वनहरु निष्क्रिय अवस्थामा रहेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको हो । 

जुम्लामा करिब १ लाख ४ हजार ६ सय ७० हेक्टर जमीन सामुदायिक वनले ओगटेको जिल्ला वन अधिृकत मोहन श्रेष्ठले बताउनु भयो । अधिकृत श्रेष्ठका अनुसार ३७ प्रतिशत सामुदायिक वनको अवस्था सन्तोषजनक रहेको भन्दै ३० प्रतिशत सामुदायिक वनहरु मात्रै सक्रिय अवस्थामा रहेको बताउनु भएको छ । कार्य सम्पादनको आधारमा उत्कृष्ट सामुदायिक वनलाई अझ होसला मिलोस भन्ने उद्देश्यले पुरस्कृत गर्ने गरिएको श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन तथा वनमा सुशासन कायम गरेको आधारमा हाँकु गाविसमा रहेको महादेव गैरा सामुदायिक वन उपभोक्ता समिति १ र २ गौतमबाडा प्रथम भएको  बताईएको छ । 

यस्तै छुमचौर गाविसमा रहेको महोरी महादेव सामुदायिक वन उपभोक्ता समिति द्धितिय तथा कुडारी गाविसमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समितिले तृतिय स्थान हासिल गर्न सफल भएको श्रेष्ठले जानकारी  दिनुभयो ।  

चालु आर्थिक वर्षमा सामुदायिक वन तथा कबुलियती वन कार्यक्रमका लागि करिब साढे ४ लाख वजेट विनियोजन भएर  आएको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने