मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम"/>

2026-07-09 01:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मङ्सिर १० देखि १४औं हस्तकला मेला

2016-11-20


मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम्भावना’ भन्ने नारासहित राजधानीको भृकुटीमण्डमा आयोजना गरिने भएको छ । 

महासङ्घको आयोजना तथा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा वार्षिकरुपमा यस्तो मेला आयोजना गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धर्मरत्न शाक्यले जानकारी दिनुभयो । 

मेलामा २५ जिल्लाका सदस्य उद्यमीको प्रतिनिधित्व रहने तथा काष्ठकला, धातुकला, सुनचाँदी, उनी कपडा, सुती कपडा, पश्मिना, हाते कागजका सामान, प्राकृतिक रेशा, बाँसका सामानका साथै जडीबुटी, अर्थोडक्स चिया आदी बस्तुको प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ । 

मेलामा सातवटा प्याभिलियनसहित १७६ स्टल रहने सो अवसरमा जानकारी दिइयो । सर्वसाधारणले रु ५० तथा विद्यार्थीले रु २५ प्रवेश शुल्कबापत तिर्नुपर्ने सो मेलामा दुई लाख आगन्तुक आउने अपेक्षा गरिएको छ । 

प्रत्येक वर्ष विदेशमा रु १० अर्ब र नेपालको आन्तरिक बजारमा रु १० अर्ब बराबरको हस्तकलाको कारोबार हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालबाट हस्तकला सामाग्री निर्यात हुने अग्रमुलुकमा अमेरिका, चीन, जर्मनी, जापान, बेलायत, भारत पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो