मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य मन्त्रालयको अनुगमनपछि निजी क्लिनिक दर्ता गर्ने बढे

५ मंसिर २०७३, आईतवार १३:३६

मङ्सिर ५, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्यालयमा दर्ता गराउने बढेका छन् । 

एक साताअघिबाट बिनादर्ता सञ्चालन भएका क्लिनिकमा अनुगमन तीब्र पारिएपछि उपत्यकाका तीनै जनस्वास्थ्य कार्यालयमा दैनिक सरदर १३ क्लिनिक दर्ताका लागि जाने गरेका छन् । 

काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अहिले दर्ता र नवीकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । यसअघि सातामा तीन÷चारवटा मात्र आउने गरेकामा अहिले दैनिक १३ भन्दा बढी आउने गरेको जानकारी दिनुभयो । 

ललितपुर जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन शङ्कर पौडेलले अहिले सिलबन्दी गरिएका पनि दर्ताका लागि आएको र अन्य पनि सिल हुने डरले आइरहेको बताउनुभयो । आज पनि स्वास्थ्य मन्त्रालयबाट अनुगमनका लागि गएको टोलीले काठमाडाँै र ललितपुरमा थप तीनवटा क्लिनिकमा सिलबन्दी गरेको छ । 

आज काठमाडौँको सोह्रखुट्टेमा रहेको न्यून शुल्क दन्त चिकित्सालयमा सिलबन्दी गरिएको छ । टोली आज सोह्रखुट्टे, सीतापाइला, गोङ्गबु क्षेत्रमा रहेका १४ वटा निजी क्लिनिकमा अनुगमन गरेको थियो । 

यसैगरी ललितपुरको सातदोबाटो क्षेत्रका ११ वटा क्लिनिकमा गरिएको अनुगमनमा दुई क्लिनिक सिल गरिएको छ । बिनादर्ता सञ्चालनमा रहेका श्री मनकामना मेडिकल पोलिक्लिनिक र रुद्राक्ष आयुर्वेद क्लिनिकमा सिलबन्दी गरिएको अनुगमन टोलीका सदस्य तथा मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदीले जानकारी दिनुभयो । 

यो दुई जिल्लाका हालसम्म बिनादर्ता सञ्चालनमा रहेका ४० क्लिनिक सिल भएका छन् । मन्त्रालयले अघिल्लो सातादेखि अनुगमन सुरु गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो