२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

बालअधिकार संरक्षणमा घरपरिवारको महत्वपुर्ण भुमिका रहन्छः सांषद् थापा

२०७३, ५ मंसिर आईतवार १४:४८

गोविन्द बिश्वकर्मा | मंसिर ५, दैलेख । सम्वद्र्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ दैलेखमा पनि २७ औं बाल अधिकार दिवश मनाईएको छ । 

बालश्रम, बालबालिकाविरुद्ध हुने हिंसा, दुब्र्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहिलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो । बालअधिकारको क्षेत्रमा लगातार जस्तो आवाज उठ्दै आएपनि प्रगति भने उल्लेख्य नभएको बाल अधिकारकर्मी बताउने गरेका छन् । शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै बाँकी रहेको अधिकारकर्मीहरुको भनाई छ । २७ औं अन्तर्रा्ष्ट्रिय बाल दिवसका अवसरमा आइतबार दैलेखमा आयोजित कार्यक्रममा दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मर बहादुर थापाले बालवालिकाको संरक्षण, सम्वद्र्धन प्रवद्र्धनमा घरपरिवारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले सरोकारवाला सबैले बालवालिकाको हक, हितका लागि काम गर्न सके मात्र बाल अधिकार सुनिश्चित हुने बताए । थापाले बालवालिकाको हक र हित बालवालिहरुका अधिकारका पक्षमा सधै तयार रहेको जानकारी दिए । सरकारी तथा गैरसरकारी संस्थाले बाल दिवसका दिनमात्र बाल अधिकारको कुरा गरेर नहुने उल्लेख गर्दै वर्षका ३ सय ६५ दिन बाल अधिकार संरक्षणमा लाग्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै जिल्ला बाल कल्याण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बालवालिकाका लागि भएका नीति नियम पालना गराउनु राज्यको दायित्व भएको बताए । उनले बालवालिकाहरुको हकहितका लागि सरोकारवाला सबै निकायबीच समन्वय हुनुपर्ने आवश्यकता औंल्याए । क्षेत्रीले जिल्लामा बाल श्रम त्यति नभए पनि बाल बिबाह धरै रहेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । यस्तै बाल संगठन दैलेखका अध्यक्ष जगतजंग थापाले बाल अधिकार संरक्षणको पहिलो दायित्व अभिभावकको भएको बताएका छन् । उनले अभिभावकबाटै बाल अधिकार संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । बाल अधिकार संरक्षणबारे विभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्यालीले दैलेख सदरमुकामस्थित दैलेख बजार परिक्रमा गरेको थियो ।

यसैबिच, दैलेखको जम्भुकाँधमा पनि २७ औं बालअधिकार दिवशको अबसर पारी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जम्वुकाँधस्थित जनता माध्यामिक विद्यालय लैनचौरको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रतिनिधि तथा पत्रकार अमर सुनारले बालअधिकार, मानवअधिकार प्रत्याभूतीको प्रारम्भ बिन्दू भएको बताएका छन् । बालअधिकारको प्रवद्र्धन गर्न सके बालबालिकाको बृत्ति, सुरक्षा, संरक्षण र विकासको अवसर सृजना गरेको सुनारले बताए । उनले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयन गराउन सके शैक्षिक विकासमा सहयोग पुग्ने बताएका छन् । जनता बाल क्वलका कार्यवाहक अध्यक्ष आयुशा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जनता मावि लैनचौरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउचने कामी र विद्यालयका प्रधानाध्यापक धु्रवनाथ योगीले पनि अन्तरराष्ट्रिय बालअधिकार दिवसको महत्व र सान्दर्भिकता विषयमा प्रकाश पारेका थिए । यस्तै ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ र दीगो विकास लक्ष्यको कार्यान्वयनका लागि सिविन नेपालले राजधानीमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो