११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ५ समूहका ६७ जनाले बाली बीमा गरे

६ मंसिर २०७३, सोमबार ०१:५२

सास/मङ्सिर ६, दार्चुला । नेपाल सरकारले कृषकहरुको बालीनालीमा हुने क्षतीको परीपुर्तिका लागि विगत तिनचार बर्षबाट सञ्चालनमा ल्याएको बालीबीमा योजना दार्चुलामा प्रभावकारी नभईरहेका बेला दार्चुला जिल्लामै निजीक्षेत्रले कृषकहरुको बालीबिमा गरिरहेको छ ।

चालु आर्थिक बर्षको साउन महिनामा अर्गनाइजेशन अफ एग्रीकल्चर धनगढीको शाखा कार्यालय दार्चुलामा स्थापना भएपछि जिल्लाका पाँचवटा समूहहरुमा आबद्ध ६७ जना किसानहरुले आफ्नो बालीको बीमा गरेका छन् । कृषकहरुले लगाएको धान मकै, गहुँ लगायत तरकारी र फलफुलको बीमा गरेको अर्गनाइजेशन अफ एग्रीकल्चर दार्चुला शाखाका प्रमुख मिरा पालले बताउनु भयो । मासिक एक सय रुपैँयामा किसानहरुले बिमा गर्नु पर्ने र किसानको उत्पादनमा कुनै समस्या वा क्षती भएमा विमाङ्कको पचास प्रतिशत क्षतीपुर्ती दिइने कार्यालय प्रमुख पालले जानकारी दिनुयभो ।

नागरिकताको फोटोकपी र दुईप्रति फोटो राखेर कार्यालयमा फारम भरेपछि विमा गर्न सकिने छ । यसका अतिरिक्त बालीबीमा सँगै कार्यालयले विभिन्न विउविजन र प्राविधिक सेवा पनि उपलब्ध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ