२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जग्गाको किचलोले नवलपरासीमा एक जनाको ज्यान गयो

२०७३, ६ मंसिर सोमबार ०६:२८

मङ्सिर ६, नवलपरासी । जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ । 

जग्गा विवादमा आफ्ना बाबुको मृत्युको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि निजका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उजुरी गरेका छन् । 

विसं २०५० अघि आफ्ना बाबुले खरिद गरेको जग्गाको स्वामित्व अहिलेसम्म पनि आफ्नो नाममा ल्याउन नसकेपछि शर्माले विषसेवन गरी विवादित जग्गामा रहेको आफ्नै गोठमा मृत्युवरण गरेको परिवारिक स्रोतले जनाएको छ । 

जग्गा आफ्नो नाममा नामसारी गर्न नसकेपछि तनावमा रहेका शर्मालाई केही दिनअघि स्थानीयवासी एकजनाले सो जग्गा आफूले खदिर गरेको कागज देखाएर प्रशासनमार्फत जग्गा खाली गर्न ढाडो उजुरी दिएपछि तनाव सहन नसकेर विषसेवन गरेको शर्माकी धर्मपत्नी गीता शर्माले बताउनुभयो । 

विसं २०३८ पहिले पुनर्वास कम्पनीले स्थानीयवासी हरिबहादुर कुमाललाई दिएको एक बिगाहा जग्गा २०४० सालतिर हरिबहादुर कुमालले मृतक हरिप्रसाद शर्माका बाबु प्रजापति शर्मालाई भोगचलनको छोडपत्र गरी बिक्री वितरण गरेका थिए । पछि जग्गाको लालपुर्जा आउँदा बिक्री गरेका हरिबहादुर कुमालको नाममा आएको र हरिबहादुर कुमालले प्रजापति शर्मालाई पास गरी नदिएपछि जग्गाको किचलो सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने