गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । परिवार नियोजनको प्राकृतिक विधिको प्रयोग गर्ने दम्पतीहरु पछिल्लो समय परिवार नियोजनमा सकराच्मक बन्दै गएका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । परिवार नियोजनको प्राकृतिक विधिको प्रयोग गर्ने दम्पतीहरु पछिल्लो समय परिवार नियोजनमा सकराच्मक बन्दै गएका छन् । 
2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवार नियोजनमा सकरात्मक बन्दै दम्पती, अस्थायी साधन प्रयोगकर्ता बढ्दै

गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । परिवार नियोजनको प्राकृतिक विधिको प्रयोग गर्ने दम्पतीहरु पछिल्लो समय परिवार नियोजनमा सकराच्मक बन्दै गएका छन् । 

परम्परागत रुपमा बाह्य स्खलन बिधि, योनीरस परिक्षण विधि, निरन्तर स्तनपान, तामक्रम बिधि लगायतका थुप्रै सम्भावित प्राकृतिक बिधि प्रयोग गर्ने दम्पतीहरु स्वास्थ्य संस्थामा गएर गर्भ निरोधक साधनका बारेमा खुलेर परामर्श गर्ने र साधनहरु प्रयोग गर्न थालेका छन् । बिशेष गरी शिक्षाको पहुँच बढेकाले र कृत्रिम साधनका बारेमा जानकार भएपछि दम्पतीहरु परिवार नियोजका साधनहरु प्रयोग गर्न थालेका हुन् । 

परिवार नियोजनका साधन भनेको के हो ? भन्ने दम्पतीहरु नै अहिले साधन प्रयोग गरेका छन् । परिवार नियोजनका साधनहरुको नाम भन्दा पनि लजाउने समस्या हटेको बताउदै वीरेन्द्रनगर १८ सुर्खेतकी २३ बर्षिया अनु बिसी (नाम परिर्तन) ले अहिले आफुले खुलेर साधनको प्रयोग गर्दै आएको बताईन् । उनले अहिले लगातार चार बर्षबाट खानेचक्की पिल्स खाँदै आएकि छन् । नव बिवाहित दम्पती मात्र नभई जो सुकै श्रीमती स्वयम श्रीमानसंगसाधनका बारेमा खुलेर कुरा गर्न नसक्ने अबस्था हुन्थ्यो । 

पछिल्लो समयमा आएर ढुक्कसंग परामर्श लिन सक्ने भएका छन् । यसरी समग्रमा तथ्याङ्किय रुपमा हेर्दा गत बर्षको तुलनामा यो बर्षमा परिवार नियोजनका साधनहरु प्रयोग गर्नेको दरमा धेरै अन्तर देखिन्छ । अहिले आएर परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोगदरमा बृद्धि हुन थालेको छ । 

सचेतनामा आएको प्रभावकारीताले गर्दा अस्थायी साधन प्रयोगकर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको नेपाल परिवार नियोजन शाखा सुर्खेतले जनाएको छ । गाउँ स्तरमा प्रचार प्रसार र सम्बन्धित निकाय अस्पताल, स्वास्थ्य संस्था, परिवार नियोजन संघ लगायतका परिवार नियोजन संघसंग आबद्ध रहेका सरोकार निकायले उपयुक्त परामर्श दिने भएकाले प्रयोगदरमा बृद्धि भएको पाईएको हो । 

यसरी हेर्दा परिवार नियोजन गर्ने र सुरक्षित समृद्ध परिवार बनाउनेको लहर चलेको बुझ्न पाईन्छ । नेपाल परिवार नियोजन संघ सुर्खेत शाखाबाट मात्र चालु अंग्रजी बर्ष २०१६ मा करिव ६ हजार जनाले अस्थायी साधनको सेवा लिएको नेपाल परिजार नियोजन संघ सुर्खेत शाखाले जानकारी दिएको छ । 

जनवरी देखि सेप्टेम्बरसम्म नौ महिनाको अबधिमा ६ हजार २ सय ३४ जनाले परिवार नियोजनका अस्थायी साधनको प्रयोग गरेको कार्यालयले जानएको छ । कार्यालयका अनुसार पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डम १७ हजार आठ सय ३५ बढी वितरण भएको र दुई हजार एक सय ३५ जनाले प्रत्यक्ष सेवा लिएका छन् । महिलाहरुका लागी गर्भनिरोधक खाने चक्कि पिल्स दुई हजार दुई सय ३६ जनाललाई पाँच हजार तीन सय ३४ थान वितरण गरिएको छ । 

महिलाहरुले तीन महिनाको एक पटक लगाउने गर्भ निरोधक सुर्य डिपो प्रोभेरा सुई एक हजार दुई सय ३७ जनाले लगाएको र दुई हजार चार सय ८१ वटा सुई लगाईएको छ । महिलाका लागी नै गर्भ निरोधक साधन नरप्लान्ट÷ ईम्प्लान्छट हो । ईम्प्लान्ट दाहिने हातको पाखुरामा राखिन्छ । यो एक पटक राखेपछि ५ महिनासम्म ढुक्क रहन सकिन्छ  । 

यसको प्रयोगदर पनि निकै बढेको छ । सुर्खेत शाखाबाट ६ सय १९ जनाले ईम्प्लान्टको सेवा लिएका छन् । यस्तै १२ बर्षको लागी निरोधक बन्ने साधन आईयूसिडी (कपर टी) राख्नेको संख्या भने ईम्प्लान्टको तुलनामा कम रहेको पाईएको छ । यो साधन मात्र ७ जना महिलाले प्रयोग गरेको छन् । 

आईयूसिडी प्रतिको नकरात्मक धारणाका कारण प्रभावकारी प्रयोग हुन नसकेको सिनियर स्टाफ नर्स गंगा पुनले जानकारी दिईन् । पाठेघरमा राख्ने हुँदा झन्झटिलो हुने, राखेपछि पनि बिभिन्न समस्याहरु हुने भएपनि सेवाग्राहीमा पाठेघरको क्यान्सर हुन्छ भन्ने नराम्रो भ्रमका कारण प्रयोग कम हुने गरेको पुनले बताईन् । गत बर्ष २०१५ को तुलनामा यो बर्षमा अस्थायी साधनको प्रयोगकर्ता धेरैले बढेको सुर्खेत शाखाका निमित्त शाखाप्रबन्धक शेखर प्रसाद धमलाले जानकारी दिए । 

सन् २०१५ को तथ्याङ्क हेर्दा १२ महिनामा ६ हजार ३ सय २० जनाले अस्थायी साधन प्रयोग गरेका थिए । जनवरी देखि डिसेम्बरसम्म कण्डम एक हजा ९ सय ३७, पिल्स २ हजार एक सय २२, डिपो एक हजार ४ सय १२, आईयूसिडी ७२ र ईम्प्लान्ट ७ सय ७७ जनाले सेवा लिएको नि. शाखाप्रबन्धक धमलाले जानकारी दिए । 

स्थानिय वडा नागरिक मञ्च, स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी लगायतको सक्रिय सहभागीतामा प्रयोग र प्रभावकारीताका बिषयमा सचेतना फैलाउदैं गएपछि सबैले प्रयोग गर्नुपर्दो रहेछ भन्ने ज्ञान भएको पुनले जानकारी दिईन् । 

पुनले सुर्खेत शाखामा विगत १२ बर्षदेखि सेवा दिदैं आएको बताउदै पहिले भन्दा अहिले परिवार नियोजनसम्बन्धि धारणा परिबर्तन भएको बताईन् । उनले भनिन्–“पहिले जस्तो डराउने, लजाउने मैले देखेको छैन, निर्धक्कसंग सेवा लिन आउछन् ।”

एक जना आफुले मात्र सबै क्षेत्रको काम गरिरहेको बताउदै आफैले परामर्श दिईरहेको जानकारी गराईन् । उनले छुटै एक जना परामर्शदाता भएको भए प्रभावकारी सेवा दिन सकिने संभावना रहेको जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने