मङ्सिर १०, बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १०, बैतडी । नरभक्षी चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न न"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रहरी टोली फिर्ता, चितुवा मार्न सकेन

१० मंसिर २०७३, शुक्रबार ०५:२७

मङ्सिर १०, बैतडी । नरभक्षी
चितुवाले मानवबस्ती पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि बैतडीको
तल्लोस्वराडमा चितुवा मार्नका लागि खटाइएको प्रहरी टोली चितुवा मार्न नसकी
फिर्ता भएको छ ।
तल्लोस्वराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको
आक्रमणले दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले
चितुवालाई मार्ने निर्णय गरेको थियो ।
भदौ १९ गते जिल्ला प्रशासन
कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८
को दफा ९९४० बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित
नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना
प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो ।
प्रभावित क्षेत्रमा
खटाइएको टोलीले उदयदेव गाविसका विभिन्न क्षेत्रमा खोजी गरेपनि चितुवा
नभेटिएपछि टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले
राससलाई जानकारी दिनुभयो ।
छ महिनाका लागि प्रहरी टोली प्रभावित
क्षेत्रमा खटाइएको भए पनि उदयदेव गाविस कार्यालयले हिउँदमा चितुवा मानव
बस्ती नपस्ने तथा नदेखिने भनेकाले टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय
बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो ।
“विभागीय
नीतिअनुसार टोली फिर्ता भएको हो”, उहाँले भन्नुभयो, “तल्कालका लागि टोली
प्रभावित क्षेत्र नजाने गरी फिर्ता भयो ।” यसअघि गत महिना चितुवा देखा परेर
एक राउन्ड गोली फायरिङ गरेको भएपनि चितुवालाई नलागी भागेको समेत उहाँले
जानकारी दिनुभयो ।
दङ्गा नियन्त्रण कार्यालय कञ्चनपुरबाट आएको ३५
जनाको टोली पनि बिहीबार कञ्चनपुर फर्केको जिल्ला प्रहरी कार्यालय बैतडीले
जनाएको छ । बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको
आक्रमणवाट ज्यान गएको छ ।
यसअघि पनि चितुवाले मानव बस्ती पसेर
लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा
पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।
उदयदेव,
बिशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली,
रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको
आक्रमणले त्रसित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का