२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा गयल शिक्षकको तलब कटाएर पुस्तकालय स्थापना

२०७३, १० मंसिर शुक्रबार १०:३६

मङ्सिर १०, जाजरकोट । जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकाय खोल्ने बताएको छ ।
शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।
यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभूत विद्यालय भेरी मालिका १० भुरचौरबाट गरिएको छ । यहाँका शिक्षक १० दिनसम्म विद्यालय नआएका कारण शिक्षककै तलब काटेर यो विद्यालयमा पुस्तकाय स्थापना गर्न प्रधानाध्यापक जनकबहादुर गिरीलाई निर्देशन दिनुभयो ।
अबको १० दिनभित्र यो विद्यालयले गयल शिक्षकको तलब र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगतरुपमा दिएको केही रकमबाट पुस्तकालय स्थापना गर्न लागिएको हो ।
जिल्लाका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जिल्ला शिक्षा कार्यालयको योजनाअनुसार नै यो विद्यालयमा सुरुवात गरिएको हो ।
विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थी नआएमा किन आएनन् भनेर अभिभावकसँग छलफल गर्न समेत उहाँले जिल्लाका सबै विद्यालयलाई निर्देशन दिनुभयो ।
छात्रवृत्ति वितरण गर्दा कम्तीमा ७५ प्रतिशत विद्यालयमा आउने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने