१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको मतदाता नामावलीमा एक लाख १६ हजार नाम दर्ता

१२ मंसिर २०७३, आईतवार ०६:५४

मङ्सिर १२, रोल्पा । जिल्ला निर्वाचन कार्यालय रोल्पाको मतदाता नामावलीमा हालसम्म एक लाख १६ हजार ५३१ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । 

विगतका वर्षदेखि २०७१/७२ असार मसान्तसम्म महिला ५६ हजार ९४७ र पुरुष ५१ हजार ३२४ गरी जम्मा एक लाख ८ हजार २७१ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी आव २०७२/७३ को असार मसान्तसम्म महिला दुई हजार ६५६ जना र पुरुष चार हजार १०४ जना गरी छ हजार ७६० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् । 

यस्तै आव २०७३/७४ को पहिलो चौमासिकमा महिला पुरुष दुवै गरी करिब एक हजार ५०० जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन् । यसरी जिल्लामा हालसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनेको सङ्ख्या एक लाख १६ हजार ५३१ पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायब सुब्बा मानबहादुर कुँवरले जानकारी दिनुभयो । 

उहाँका अनुसार मतदाताको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रोल्पामा डेस्क खडा गरी नामावली दर्ता गर्ने काम भइरहेको छ । 

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख २१ हजार १७७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु