१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप सम्वन्धी तालिम चरीकोटमाा सम्पन्न

१२ मंसिर २०७३, आईतवार १३:३९

ताराबहादुर महत | मंसिर १२, दोलखा | सामुदायिक मेलमिलाप सम्वन्धी चार दिवसीय उच्च तालिम दोलखा सदरमुकाम चरीकोटमा आज सम्पन्न भएको छ । 

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपाल दोलखाको आयोजनामा भएको तालिममा विभिन्न्न गाविस तथा नगरपालिकाका ३२ जना मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालद्धारा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम दोलखाका जिल्ला संयोजक तारा बहादुर महत, जिल्ला प्रशिक्षकहरु निर्मला उप्रेती र लक्ष्मी थापाले अन्र्तव्यक्ति र बहुसरोकारवाला विवाद समाधानको प्रक्रिया र अभ्यासको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी जिल्ला अदालत दोलखाको मेलमिलाप शाखाकी शान्त बस्नेतले अदालती मेलमिलाप प्रक्रिया सम्वन्धी जानकारी गराउनु भएको आयोजकले जनाएकोे छ । 

समुदायस्तरमा रहेका सामान्य विवादहरुलाई स्थानिय स्तरमै समाधान गरी समुदायमा दिगो शान्ति कायम गर्ने उद्धेश्यले द एसिया फउण्डेसनको आर्थिक सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसीटीसी) नेपालले दोलखा सहित भुकम्प अति प्रभावित पाँच जिल्लामा सन् २०१५ को सेप्टेम्बर महिनादेखि सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरीरहेको वताईएको छ । केन्द्रले स्थानिय निकायको सहकार्यमा दोलखाका विभिन्न गाविसमा ४४ वटा सामुदायिक मेलमिलपा केन्द्रको स्थानपना गरी सकेको छ भने जिल्लामा ३ सय भन्दा बढि मेलमिलाप कर्ताहरुलाई तालिम प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु