१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा भूकम्प पिडित अनुदान सम्झौता आजबाट सुरु

१२ मंसिर २०७३, आईतवार १५:०७

मङ्सिर  १२, भक्तपुर | मध्यपुरथिमि नगरपालिकाले आजबाट भूकम्प प्रभावितलाई पहिलो किस्ताको रकम वितरणका लागि अनुदान सम्झौता सुरु गरेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितका लागि अनुदान सम्झौता सुरु गरेको हो । सो सम्झौता तीन दिनभित्र सम्पन्न गर्ने नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

नगरकोट नगरपालिकाको ताथली, सुडाल र वागेश्वरीमा भने अझै पनि अनुदान सम्झौता सुरु हुन सकेको छैन । भूकम्प प्रभावितको लाभग्राहीमा नाम छुटेको भन्दै स्थानीयले विरोध गरेपछि सम्झौता हुन नसकेको हो । पीडितले प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल र स्थानीय विकास अधिकारी धु्रबबहादुर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् । भक्तपुरमा अहिलेसम्म २८ हजार ८०० पीडितको लाभग्राहीको सूचीमा नाम रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु