नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपान"/>
2026-10-15 09:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्ति चोरीको बिषयमा ९ सदस्यीय छानबिन समिति गठन, सिआइबि परिचालन

नन्दराम जैशी | मंसिर १३, जुम्ला | कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीको बिषयलाइ छानबिन गर्न जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरीएको छ ।

आइतबार साँझ बसेको सर्बपक्षिय बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न न्यौपानेको सयोजकत्वमा ९ सदस्यीय समिति गठन गरीएको हो । समितिमा जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधि, नागरीक समाज, गुठि ब्यवस्थापन समितिका सदस्य र पत्रकारको पनि सहभागिता रहेको छ ।    

केन्द्रीय अनुसन्धान ब्युरो परिचालन 

घटनाको बास्तविक बिवरण पहिचानका लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्युरो परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आजबाट घटनाको छानबिन कार्य शुरु भएको छ ।

शनिबार राति साढे १ बजेतिर मन्दिरमा रहेका २८ वटा मूर्ति चोरी भएका थिए । चोरीका क्रममा  चन्दननाथ मन्दिरमा रहेको मुख्य दत्तात्रयको त्रिमूर्ति सहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगायतका देवताहरुको मूर्ति चोरी भएको छ । सुनको गजुर, देवताकोपाइला, बहुमूल्य दायाँ र बायाँशंख, सिंहासन पनि चोरी भएका छन् । कर्णाली अञ्चलकै पर्यटकीय एवं धार्मिकस्थल चन्दननाथ मन्दिरमा चोरी हुँदा जुम्ला पुरै आक्रोशित बनेको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने