2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्सिर १४, दमक । स्कारपियोको ठक्करबाट झापाको शिवसतासी नगरपालिका–५ मा सोमबार राति एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा धरमपुर–९ बस्ने अन्दाजी ६२ वर्षीय इन्द्रबहादुर कोइराला रहेका छन् । 

कोइरालालाई साँझ ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ च ४००१ नम्बरको स्कारपियोले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई उपचारका लागि लाइफलाइन अस्पताल, दमक पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियोका चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । 

यसैगरी, झापाको शनिअर्जुन नगरपालिका–४ भित्री सडक खण्डमा सोमबार साँझ ६ बजेतिर मे ३ प ३४२५ नम्बरको मोटरसाइकल र साइकल ठोक्किँदा साइकलमा सवार स्थानीय १३ वर्षीया भावना विश्वकर्मा र मोटरसाइकल चालक सोही ठाउँ बस्ने मधु गिरी घाइते भएका छन् । घाइते दुबै जनाको विर्तासिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई