२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पत्रकार महासङघ कास्की शाखाको भवन निर्माण सम्पन्न

२२ फाल्गुन २०७२, शनिबार ०८:३९

शिब न्यौपाने/फागुन २२, पोखरा
श्रमजीवी पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न
पक्की भवन १ करोड ४५ लाख ७१ हजार ३१५ को लागतमा निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकार, स्थानीय
निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी एवम् व्यक्तिबाट सङ्कलित
आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो । भवनको ३०० क्षमताको सभाहलसहित पोसाक परिवर्तन कक्ष, महासङ्घको
कार्यालय, तालिम, बैठक, प्रशासनिक कक्ष, सूचना केन्द्रसहितका छुट्टाछुट्टै पाँच कक्ष रहेको शाखा अध्यक्ष
रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन निर्माणका लागि सूचना तथा सञ्चार
मन्त्रालयबाट १४ लाख, पोखरा उप महानगरपालिकाबाट ३५ लाख ५२ हजार, लक्ष्मी हाउस पोखराबाट १६ लाख ५१ हजार
१५१, जिल्ला विकास समिति कास्कीबाट ५ लाख २५ हजार र लेखनाथ नगरपालिकाबाट ५ लाख ७५ हजार सहयोग प्राप्त
भएको थियो ।

त्यसैगरी छुनुमुनु मिडिया हाउसबाट ३ लाख ५ हजार, सहारा क्लब पोखरा युके हङकङबाट ३
लाख, पत्रकार राजु भण्डारीबाट ३ लाख, जगदम्बिका सिग्देलबाट ३ लाख र उद्योगपति सूर्यबहादुर केसीबाट २ लाख
२५ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणका लागि हालसम्म ५०० भन्दा बढी विभिन्न
सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो ।

पाँच वर्षअघि पत्रकारबाटै ३ लाख ५० हजार
सङ्कलन गरेर निर्माण कार्य सुरु गरिएको सो भवन निर्माणका लागि कास्की जिल्लाबाट प्रत्यक्ष एवम्
समानुपातिक तर्पmबाट निर्वाचित सभासद्ले संसद् विकास कोषमार्पmत ९ लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर
गरे पनि अहिलेसम्म ४ लाख मात्र प्राप्त भएको शाखा सचिव त्रिभुवन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का