२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जिविस कास्कीको सार्वजनिक सुनुवाइ सम्पन्न

२२ फाल्गुन २०७२, शनिबार ०८:५४

शिब न्यौपाने/फागुन २२, पोखरा
जिल्ला विकास समिति कास्कीले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा
शुक्रबार घाचोक गाविसको मेघराज निमावीको प्राङगणमा दोश्रो चौमासीक सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ

कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी नारयण प्रसाद श्रेष्ठ, सामजिक विकास अधिकृत अर्जुन
न्यौपाने, सव ईन्जिनीयर मनोज कुमार ठाकुर, विषयगत कार्यलयका प्रमुख तथा प्रतिनिधीहरु गाविस सचिवहरु,
राजनितीक दलका प्रमुख तथा प्रतिनिधीहरु गैर सरकारी माहसंघका प्रतिनिधीहरु, पत्रकारहरुको उपस्थीती रहेको
थियो ।

नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणको बिषयमा गरीएको सार्वजनिक सुनुवाईमा
स्थानियवासी चित्रनाथ लम्साल, रविलाल पोख्रेल, रामप्रसाद भण्डारी, महिला संजालकी अध्यक्ष टेकन शोभा
गुरुङ, माछापुच्छ्रे गाविस वडा नं ४ का आश कुमार गुरुङ, कृष्ण वहादुर भुजेल, नेकपा एमाले रिवान गाविसका
अध्यक्ष जुम वाहदुर गुरुङ, अन्नपुर्ण संरक्षण क्षेत्र घाचोकका अध्यक्ष केशवराज के.सी लगाएत स्थानिय
वासीन्दाहरुले जिवीस र गाविसवाट प्राप्त सेवा प्रवाह र विकास निर्माणको बिषयमा जिज्ञासा राखेका थिए

स्थानियहरुले योजनाहरु आउंदा कुल तोकिएको रकम कटाउंदा उपभोक्ता समितीहरुलाई काम गर्न अप्ठेरो
परको, जिविस र गाविसमा काम गर्दा एकरुपता नभएको सामजिक सुरक्षा भत्ता समयमा उपलव्ध नभएको, कृषि सेवा
केन्द्र र पशु सेवा कार्यलयले प्रभावकारी काम गर्न नसकेको सार्वजिनक सुनवाई भएपनि त्यसको नतिजा प्रष्ट
रुपमा नआएको लगाएत जिविस कास्कीमा कार्यरत कर्मचारीहरु आफ्नो कार्यकक्षमा नभेटिएको भनि खुलेर चर्को
विरोध गरेका थिए ।

स्थानियको जिज्ञासालाई मेट्दै निमित्त स्थानिय विकास अधिकारी एवंम जिल्ला
प्रमुख ईन्जिनीयर नारयण प्रसाद श्रेष्ठले आगामी दिनमा यस्ता क्रियाकलापलाई निरुत्साहीत गर्दे सक्रिय भई
जनताको सेवामा लागि पर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो । त्यस्तै सामजिक विकास अधिकृत अर्जुन
न्यौपानेले कहीं कतै जनताका काममा ढिला सुस्ती भए आफुलाई जानकारी गराउने र त्यस्ता गतिवीधी गर्ने जो
कोहिलाई पनि कडा भन्दा कडा कारवाहि गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का