२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला शिक्षा कार्यालय दार्चुलाद्वारा भौतिक पूर्वाधार निर्माणका लागि विद्यालय छनौट

२०७३, १५ मंसिर बुधबार ०२:११

पंकज धामी/मङ्सिर १५, दार्चुला । जिल्ला शिक्षा कार्यालय दार्चुलाबाट चालु आर्थिक बर्षमा सञ्चालन गरिने भौतिक पूर्वाधार योजनाहरु सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय छनौट गरी सिफारिसका लागि शिक्षा विभागमा पठाएको छ ।

चालु आर्थिक बर्षमा भौतिक पुर्वाधार निर्माण तर्फ ३६ वटा विद्यालयमा दुई कोठे भवन निर्माण गरिने छ भने ६ वटा विद्यालयमा ४ कोठे भवन निर्माण गर्नका लागि विद्यालय छनौट गरिएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । त्यसैगरी एक विद्यालयको मर्मत गरिने छ ।

दुईकोठे विद्यालय भवन निर्माणका लागि १६ लाख रुपैँया बजेट रहेको छ भने ४ कोठे विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । विद्यालयको छनौट गरी स्वीकृतिका लागि विभागमा पठाइएको र मंसिर मसान्तसम्ममा सबै प्रक्रिया पुरा गरिने पनि शाखा अधिकृत भट्टले जानकारी दिनुभयो ।

दुईकोठे विद्यालय भवन निर्माण चालु आर्थिक बर्षको जेठमै सम्पन्न गर्नु पर्ने छ भने चारकोठे विद्यालय भवन आगामी आर्थिक बर्षमा सम्पन्न गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने