१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिल्ला शिक्षा कार्यालय दार्चुलाद्वारा भौतिक पूर्वाधार निर्माणका लागि विद्यालय छनौट

१५ मंसिर २०७३, बुधबार ०२:११

पंकज धामी/मङ्सिर १५, दार्चुला । जिल्ला शिक्षा कार्यालय दार्चुलाबाट चालु आर्थिक बर्षमा सञ्चालन गरिने भौतिक पूर्वाधार योजनाहरु सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय छनौट गरी सिफारिसका लागि शिक्षा विभागमा पठाएको छ ।

चालु आर्थिक बर्षमा भौतिक पुर्वाधार निर्माण तर्फ ३६ वटा विद्यालयमा दुई कोठे भवन निर्माण गरिने छ भने ६ वटा विद्यालयमा ४ कोठे भवन निर्माण गर्नका लागि विद्यालय छनौट गरिएको जिल्ला शिक्षा कार्यालय दार्चुलाका शाखा अधिकृत रामदत्त भट्टले जानकारी दिनुभयो । त्यसैगरी एक विद्यालयको मर्मत गरिने छ ।

दुईकोठे विद्यालय भवन निर्माणका लागि १६ लाख रुपैँया बजेट रहेको छ भने ४ कोठे विद्यालय भवन निर्माणका लागि ३२ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । विद्यालयको छनौट गरी स्वीकृतिका लागि विभागमा पठाइएको र मंसिर मसान्तसम्ममा सबै प्रक्रिया पुरा गरिने पनि शाखा अधिकृत भट्टले जानकारी दिनुभयो ।

दुईकोठे विद्यालय भवन निर्माण चालु आर्थिक बर्षको जेठमै सम्पन्न गर्नु पर्ने छ भने चारकोठे विद्यालय भवन आगामी आर्थिक बर्षमा सम्पन्न गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु