१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको बजारमा खाद्यान्नको मूल्य स्थिर, तरकारीमा बृद्धि

१५ मंसिर २०७३, बुधबार ०२:१२

पंकज धामी/मङ्सिर १५, दार्चुला । दार्चुलाको बजारमा विगत भन्दा तरकारीको मूल्यमा बृद्धि भएको छ । भारतीय सीमावर्ती बजार दार्चुलामा पछिल्लो समय भारतीय रुपैँया पाँच सय र एक हजारको रुपैँया बन्द भएपछि भारतीय बजारबाट आयात हुने तरकारी र नुनको मूल्य बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका दार्चुला बजार मूल्य संकलक केशवराज जोशीका अनुुसार मंसिर ११ गते संकलन गरिएको बजार मूल्य बृद्धि भएको पाईएको छ । तरकारी जन्य बस्तुमा पाँच देखि १० रुपैँयाले मूल्य बृद्धि भएको हो ।

यो भन्दा पहिले आलुको बजारमूल्य ३५ रुपैँया रहेकोमा हाल पाँच रुपैयाँ बढेर प्रतिकेजी ४० रुपैँया निर्धारण गरिएको छ । त्यसैगरी प्याज ८० रुपैँया गोलभेडा ८० रुपैँया, गोबी ४० रुपैँया, खुर्सानी एकसय रुपैँया प्रतिकिलोग्राम मूल्य निर्धारण गरिएको छ ।

त्यसैगरी भारतीय नुनमा पनि पाँच दखि १० रुपैँया प्रतिकिलोग्राम मूल्य बृद्धि भएको छ । तर खाद्यान्नमा भारतीय बजारमा मूल्य केही घटेको भएपनि नेपालीबजारमा खाद्यान्नको मूल्य भने स्थिर रहेको छ । दार्चुला सदरमुकाम खलंगा बजारमा बढीजसो भारतीय सामान विक्री वितरण हुने गरेको छ । तर भारतमा मूल्यमा उतार चढाव आएपछि यसको प्रभाव नेपालमा पनि पर्ने र नेपाली बजारमा मूल्य भने कुनै तलमाथी नहुने गरेको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु