२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेमसंघ धितालको अध्यक्षमा बसन्ती सुवेदी

२४ फाल्गुन २०७२, सोमबार ०६:२६

फागुन २४, पोखरा । अखिल नेपाल महिला संघ धितालको दोस्रो भेलाले बसन्ती
सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया अधिकारी, सचिवमा
लक्ष्मी गौतम, उपसचिवमा गीता अधिकारी, कोषाध्यक्ष दीपा ढुङ्गाना र सदस्यहरुमा गायत्री अधिकारी,
चन्द्रकला परियार, लक्ष्मी गौतम, सीता दवाडी, पार्वती अधिकारी र टेकु भुजेल रहेका छन् ।

भेलामा प्रमुख अतिथि अनेमसंघका जिल्ला उपाध्यक्ष शुसीला पराजुलीले नेपालको
संविधान २०७२ मा महिलाका हक अधिकारसम्बन्धी जानकारी गराउँदै संविधानको उपलब्धीको बारेमा जानकारी गराउनु
भएको थियो । उहाँले आगामी स्थानीय निकायको चुनावमा ४० प्रतिशत महिलाहरु अनिवार्य सहभागिता रहने त्यसका
लागि पार्टी र संगठनमा सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले धिताल गाविसका अध्यक्ष विष्णु प्रसाद अधिकारी, अनेमसंघ पूर्व जिल्ला
समिति कास्की सदस्य तुलसी पौडेल, गाविस उपाध्यक्ष रुद्र बहादुर क्षेत्री, युवा संघ जिल्ला कमिटी सदस्य
योगेन्द्र पौडेल, अनेरास्ववियू् जिल्ला कमिटी सदस्य अमिर गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए

विष्णुमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत
सदस्य बसन्ती सुवेदी र कार्यक्रमको संचालन अनेमसंघ क्षेत्रीय सदस्य कृष्ण कुमारी दवाडीले् गर्नुभएको
थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का