२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सिद्धार्थ क्लबको सामाजिक लेखाजोखा सम्पन्न

२४ फाल्गुन २०७२, सोमबार ०६:३१

फागुन २३, पोखरा । सिद्धार्थ क्लब पोखराले गत आर्थिक बर्षको सामाजिक
लेखाजोखा आइतबार सम्पन्न गरेको छ ।

संस्थाको आन्तरीक शुसासन,
पारदर्शिता तथा जवाफदेहितालाई अझ बलियो बनाउने उद्धेश्यका साथ आयोजित कार्यक्रममा सिद्धार्थ क्लव
पोखराको आ.व ०७१÷०७२ को संस्थागत प्रतिबेदन क्लवका व्यवस्थापन प्रमुख शुसिल पराजुली तथा एक्सन एड
नेपालको साझेदारीमा संञ्चालित स्थानिय अधिकार कार्यक्रम प्रतिबेदन कार्यक्रम संयोजक बलराम तिमिल्सीनाले
प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी
कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईले सिद्धार्थ क्लवले सामाजिक कार्यमा पु¥याउदै
आएको योगदानको कदर गदै शिक्षा क्षेत्रमा लगानी बढाउन अनुरोध गर्नु भयो । जनस्वास्थ्य अधिकृत वोधराज
सुवेदीले आफुले सञ्ंचालन गरेका कार्यक्रमहरु, लागत बजेट सरोकारवालाहरुमा राखी त्यसको विवरण प्रस्तुत
गर्नाले संस्था सरोकारवालाहरु प्रति पारदर्शी र जवाफदेहि रहने हुदाँ यस्ता कार्यक्रमले कमजोरी सच्चाउने
मौका प्रदान गर्ने भनाइ राख्नु भयो । सिद्धार्थ क्लवका अध्यक्ष अनिल श्रेष्ठले सहभागीबाट उठेका
जिग्यासाहरुको जवाफ दिदै सिद्धार्थ क्लव सबैको साझा सम्पती रहेको बताउदै , यसमा निस्वार्थ भावका साथ
सेवा गरिने बताउनु भयो ।

संचारकर्मी दिपेन्द्र श्रेष्ठले
सहजिकरण गरेको कार्यक्रमको खुल्ला सत्रमा सहभागीबाट उठेएका जिग्यासाको जवाफ संस्थाका अध्यक्ष
,व्यवस्थापन प्रमुख कार्यक्रम संयोजक लगायतले दिनु भएको थियो ।

गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का जनस्वास्थ्य अधिकृत वोधराज सुवेदी
जिल्ला बाल कल्याण समितीका बाल अधिकृत बद्रि नाथ वाग्ले लगाएतको उपस्थिती रहेको कार्यक्रममा स्वागत
मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रवि मर्सानीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सिद्धार्थ क्लव
पोखराका बाल प्रायोजन प्रमुख हेमराज अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का