२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सामुदायिक मेलमिलाप केन्द्रबाट १ सय ६१ विवाद समाधान

२०७३, १५ मंसिर बुधबार १०:१२

ताराबहादुर महत/मङ्सिर १५, दोलखा । सामुदायिक मेलमिलाप केन्द्र मार्फत दोलखा जिल्लामा १ सय ६१ वटा विवाद समाधान भएको प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र (एनआरसिटीसी), नेपाल दोलखाले जनाएको छ । 

चरिकोटमा आज आयोजित सामुदायिक मेलमिलाप सम्बन्धि जिल्लास्तरिय दोश्रो अनुभव आदानप्रदान कार्यक्रममा संस्थाका जिल्ला कार्यक्रम संयोजक ताराबहादुर महतले जिल्लाका विभिन्न मेलमिलाप केन्द्रमा गत कार्तिक महिनासम्म देवानी प्रकृतिका १ सय ८० वटा विवाद दर्ता भएकोमा १ सय ६१ वटा विवाद समाधान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका ४४ वटा गाविसमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरिएको छ भने बाँकी गाविस नगरपालिकामा पनि निकट भविष्यमै केन्द्र स्थापनाको तयारी गरिएको छ । 

गत बर्ष सन् २०१५ को सेप्टेम्बरबाट एनआरसिटीसी नेपालद्वारा स्थानिय निकायको सहकार्यमा दोलखामा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत विभिन्न गाविसमा स्थापना भएका मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले विवाद समाधान गर्ने गरेका छन । संस्थाले प्रत्यक गाविसको ६ जना र नगरपालिकाको १२ जनाका दरले हालसम्म ३ सय जनालाई मेलमिलापकर्तालाई मेलमिलाप सम्बन्धि आधारभुत तालिम प्रदान गरेको जनाईएको छ । 

सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत गठित जिल्लास्तरिय संवाद समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला अदालतका न्यायाधिश लालकाजी श्रेष्ठले मेलमिलापबाट विवाद समाधान गर्न सकेमा सम्पुर्ण समुदायलाई लाभ हुने भन्दै मेलमिलापको महत्वबारे आम नागरिकलाई सचेतना फैलाउनुपर्ने बताउनुभयो । त्यसैगरी संवाद समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी कटुवालले मेलमिलाप केन्द्रले सामान्य प्रकृतिका विवाद स्थानिय तहमै समाधान गर्न सकेमा अन्य निकायलाई पनि सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा एमाले दोलखाका उपसचिव डबल पाण्डे, नेपाली काङ्ग्रेस प्रतिनिधि उर्मिला कार्की, राप्रपा दोलखाका अध्यक्ष बलबहादुर तामाङ, नयाँ शक्ति नेपाल दोलखाका सचिव सन्तोष राउत, प्रहरी निरिक्षक ललनप्रसाद कुर्मी, जिल्ला बाल कल्याण समिति सदस्य इश्वर बहादुर थापा, मानवअधिकार एलायन्सका कुमार लगुन, गैर सरकारी संस्था महासंघ दोलखाका सचिव दिलबहादुर के.सी, भिमेश्वर नगरपालिकाका प्रतिनिधि भिमबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ दोलखाकी अध्यक्ष कमला बस्नेत जिल्लास्थित विभिन्न सञ्चारमा कार्यरत पत्रकार, नागरिक समाज, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा