२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी मेडिकल कलेज नवाै बर्षमा प्रबेश

२८ फाल्गुन २०७२, शुक्रबार ०४:३१

शिव न्याैपाने/फागुन २८, पाेखरा ।
पोखरा–९ पृथ्वीचोकमा रहेको गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि आजदेखि
नवौ वर्षमा प्रवेश गर्र्दैछ ।

विभिन्न तहको आवश्यक चिकित्सा तथा स्वास्थ्य विज्ञान
शिक्षा प्रदान गर्ने लक्ष्य लिएको सो प्रा.लिले नवौ वर्षमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गरेको छ

आठौ वार्षिकोत्सवका अवसरमा अस्पतालले आज लेखनाथस्थित मेडिकल कलेजमा विविध
कार्यक्रम गर्दैछ । विविध कार्यक्रम अन्तर्गत अस्पताल सरसफाई, सास्कृतिक कार्यक्रम र विद्यार्थीहरुलाई
सम्मान गरिने जनाइएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले फागुन २८ देखि ७ दिनका लागि ओ.पि.डी
रजिष्ट्रेशन शुल्क तथा जनरल बेड शुल्क निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा अस्पतालले हिजो सहारा क्लबसँग मैत्रीपुर्ण फुटबल प्रतियोगिता
पनि गरेको थियो । कलेजले यसै शैक्षिक बर्ष देखि एमबिबिएस बाहेक बिएस्सी नर्सिङ, बिपिएच् बिएस्सी एमएलटी
तथा विएस्सी एमआईटीका शैक्षिक कार्यक्रम थप गरी पठन पाठन शुरु भएको छ । कलेजले नयाँ शैक्षिक कार्यक्रम
अन्तर्गत आगामी शैक्षिक सत्रदेखि विडिएस, विएस्सी नर्सिङ विएनएस, वि – फर्मा, विएमआईटी, विएमएलटी
लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ ।

अस्पतालले आउँदो चैत
महिनादेखि एक दशमलब पाँच टेल्साको एमआरआई सेवा समेत शुरु गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत
सन्तोषकुमार खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल