२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागुऔषध सहित पाँच पक्राउ

२०७३, १५ मंसिर बुधबार १४:५३

राम नारायण पंडित । मङ्सिर १५, सिरहा | सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । 

लुकाईछिपाई राखेको अवस्थामा लहानको एक गृल पसलबाट एक सय चार वोतल प्रतिवन्धित लागुऔषध कोरेक्स सहित पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । लहान २ मा मो. मुर्तुजाले संचालन गरेको गृल पसल पछाडी प्लाष्टिकको गिलेनमा लुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स वरामद गरेको हो । प्रहरीले विशेष सुराकको आधारमा लागुऔषध सहित लहान २ का २१ वर्षिय मो. तैयब बावु, वर्ष ३६ का मो समीम, वर्ष २२ का रोहित साह सुडी, लहान ३ का ४१ वर्षिय विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान १ मा वस्दै आएका ४० वर्षिय शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले विक्रि वितरणको लागि ल्याएर राखेको हुन सक्ने अनुमान रहेको इप्रका लहानका प्रमुख डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका सवैलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से