२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका प्रहरीद्वारा रात्रिकालिन व्यवसायलाई १० बजेपछि वन्द गर्न निर्देशन

२०७२, २८ फाल्गुन शुक्रबार ०४:३९

शिब न्यौपाने/फागुन २८, पोखरा
पोखरामा हिजोदेखि लागु हुने गरी दोहोरी तथा डान्स बार हरुलाई राति १० बजे पछि वन्द गर्न
अर्यालले निर्देशन दिनुभएको हो ।

स्थानीयको जनगुनासो आएको कारण
राति अवेरसम्म दोहोरी तथा डान्स वारहरु संचालन हुदा अनावस्यक हो हल्ला हुने भएकोले यो निर्णय
कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।

सार्क मन्त्री स्तरीय
बैठकलाई लक्षित गरेर यो अभियान हिजो देखि लागु भएको बताउदै अर्यालले प्रहरीले दिएको निर्देशन कसैले
पालना नगरेको खण्डमा उनीहरु उपर कारवाही गर्न बाध्य हुने बताउनुभएको छ ।

एस.पी. अर्याललेसार्क मन्त्री स्तरीय बैठक सकिएपछि पनि जनताको माग भएमा यो निर्णयलाई
निरन्तरता दिने समेत बताउनुभयो । एसपी अर्यालको यस्तो निर्देशनपछि दोहोरी तथा डान्स वार व्यवसायीहरुले
चाहि आफुहरुको व्यवसायलाई धरासायि बनाउने गरी निर्णय भएको गुनासो गरेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी तथा धौलागिरीका अध्यक्ष जिवन दाहालले
पोखरा जस्तो आन्तरीक तथा बाह्यि पर्यटकको गन्तव्यमा प्रहरीले रातिको समय १० बजे भित्र वन्द गर्नु भनेको
आफुहरुको व्यवसायलाइ नै धरासायि बनाउने निर्णय भएको बताउनुभयो ।

उहाले सार्क मन्त्री स्तरीय बैठकसम्मको लागि हो भने मान्न तयार रहेको तर त्यसपछि पोखरामा
प्रहरीले यस्तो निर्णयलाई निरन्तर दिएमा व्यावसाय धरासायि हुने जानकारी दिनुभएको छ ।

आफुहरुको रातिको करीब ९ बजे देखि ११ बजेसम्म नै बढी कारोवार हुने तथा दोहोरी
गित संचालन हुने भएकोले यस्तो समयमा प्रहरीले संचालनमा रोक लगाएमा आफुहरुको व्यवसाय नै ठुलो असर पार्ने
उहाँको भनाई छ ।

पोखरा क्षेत्रमा अहिले १७ वटा दोहोरी साँझहरु
छन । पोखरामा रहेका दोहोरी साँझले कम्तीमा एक रातमा ४० देखि ५० हजार मुल्य बराबरको कारोवार गर्छन् ।
यस्तै पोखरामा आधा दर्जन जसो डाँस वारहरु पनि राती अबेरसम्म चल्ने गरेका छन ।

यसैविच कास्की प्रहरीले विकृति वढेको भन्दै पोखराका रात्री कालिन व्यवसाय सञ्चालनको
अवधी १० वजे सम्माको लागी तोकेपछि आवद्ध व्यवसायीहरुले हिजो त्यसको विरोध स्वरुप आफ्ना सवै व्यवसायहरु
वन्द गराएका छन् ।

पर्यटकीय शहर पोखराको लेकसाइड र महेन्द«पुलमा
संञ्चालनमा रहेका दोहोरी सांझ, डान्सवार, लाइभ म्यूजिक, गजल सांझ लगायतका रात्रीकालिन व्वसायहरुलाई यस
अघि राती ११ वजे सम्म सञ्चालन गर्न दिइएको थियो ।

कास्की प्रहरी
प्रमुख मा एस.पी घनश्याम अर्याल आएको एक महिना नवित्दै रात्रीकालिन व्यवसायको सञ्चालन अवधि घटाउने
प्रयास भएको भन्दै व्यवसायीले विरोध गरेका हुन् ।

१० वजे
व्यवसाय वन्द गर्ने गरि गर्नु भन्दा व्यवसायनै वन्द गर्नु वेश हुने भन्दै हिजो पोखराका सवै रात्रीकालीन
व्यवसायहरु ठप्प पारेको दोहेरी साझ व्यवसायी समितिका अध्यक्ष सीम गुरुङले वताउनुभयो ।

कास्की प्रहरीको यो कदमको निकासका लागी राज्यको ध्यानाकर्षण गराइने उहाँले
बताउनुभयो । आज कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली समक्ष ज्ञापन पत्र वुझाइने गोर्खा
प्यालेस रेस्टुरेन्ट लेकसाइडका सञ्चालक लक्ष्मण गुरुङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु