२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रुपातालको किनारमा फागु महोत्सव हुने

२९ फाल्गुन २०७२, शनिबार १०:०८

शिब न्यौपाने/ फागुन २९, पोखरा
रुपा–तालवेशी महोत्सवको प्रवद्र्धन, स्थानिय उत्पादन, कला र संस्कृतिको संवद्र्धन भन्ने मुल
नाराका साथ छैठौ संस्करणको रुपा तालबेसी महोत्सव हुने भएको छ । विगत ५ वर्षदेखि फागु पूर्णिमाको अवसरमा
रुपाताल किनारमा आयोजना हुदै आएको रुपा तालबेसी महोत्सवको छैठौ संस्करण आगामी चैत्रको ८, ९ र १० गते
रुपातालमा हुने भएको हो ।

स्थानिय सप्तरंगी रंगी क्लव
रुपाकोट १ लेखनाथ १० तालबेसीको आयोजनामा महोत्सवको आयोजना हुने भएको हो । स्थानिय संस्कृतिको जगेर्ना
गर्दै फागुको मौलिकतालाई जगेर्ना गर्नका लागी महोत्सवको आयोजना गर्न लागिएको महोत्सव संयोजक दिल बहादुर
गुरुङले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने उक्त
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुती, लोकदोहोरी, चुड्का, जैविक
विविधतामा आधारित कृषि प्रदर्शनी, रुपातालको माछा तथा रक्तदान कार्यक्रमका साथै स्वर्गीय प्रेम बहादुर
गुरुङ स्मृती भलिवल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, स्वर्गीय गंगा बहादुर गुरुङ स्मृती, छेलो
प्रतियोगिता, रस्साकसी प्रतियोगिता महिला तथा पुरुष र प्रा. वि. स्तरिय हाजिरीजवाफ प्रतियोगिताको आयोजना
हुने भएको छ ।

युनाइटेड क्लवको प्रवद्र्धनमा आयोजना हुने उक्त
महोत्सवमा देवीस्थान गुरुङ आमा समुह रुपाकोट १ ताल बेसीको सह आयोजना रहने छभने देवी स्थान क्षेत्री आमा
समुह, रुपा तालवेसी टोल बिकास संस्था, रुपा ज्योती मावि, रुपाकोट गाविस, रुपाताल पुनस्र्थापना तथा
मत्स्य पालन सहकारी संस्था लिमिटेडको सहयोग रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता