२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

र्याण्डमको बहसमा प्रश्नहरूको कारखाना

२९ फाल्गुन २०७२, शनिबार ११:३२

फागुन २९, पोखरा । कवि सरिता तिवारीको कविता सङ्ग्रह
‘प्रश्नहरूको कारखाना’माथि शनिबार पोखरामा चर्चा भएको छ ।

र्याण्डमको रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ६१ औँ पुस्तक परिचर्चा कार्यव्रmममा तिवारीको सो
कृतिको चर्चा गरिएको हो । कृतिमाथि परिचर्चा गर्दै समालोचक तथा लेखक डा. अर्चना थापाले तिवारीको कृति
वर्तमान मूल धारका कविताभन्दा भिन्न रहेको जिकिर गर्नुभयो ।

“तिवारीका कविताहरुमा आवेग, संवेग, आव्रmोश, आत्मनिर्णय, स्वस्वामित्व र स्वअस्तित्वको चेत
प्रशस्तै छन्” थापाले भन्नुभयो, “काव्यिक मर्यादालाई लत्याउँदै सिमाहरू भत्काउने प्रयासमा युद्धको
रक्तिम सौन्दर्यको गुणगान गर्न हिच्किचाउँदिनन् कवि तिवारी ।” प्रत्येक साहित्यिक अभिव्यक्तिमा
प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै न कुनै प्रकारको राजनीतिक विचारधारा हुने बताउँदै अक्षर व्रिmयशनकी
अध्यक्ष समेत रहनुभएकी थापाले स्वच्छन्दवादी कविको कल्पनाशीलता, अनुभूति, संवेग, आवेग र सिर्जनात्मक
हर्षतिरेक अभिव्यक्तिलाई समेत राजनीतिक विचारले प्रभाव पार्ने बताउनुभयो ।

कवि तिवारीले आफ्नो कविताको जरा पोखरा नै रहेको भन्दै पोखरा जहिले पनि आफ्ना लागि ‘भर्जिन’
अनुभूतिको स्थान रहने बताउनुभयो । रचनाको वर्गीय पक्षधरताका पक्षमा बोल्दै तिवारीले संसारका कुनै समाज
वा व्यक्ति पूर्ण रुपमा स्वतन्त्र नहुने भएकाले सिर्जना पनि पूर्ण रुपमा स्वतन्त्र हुनै नसक्ने ठोकुवा
गर्नुभयो । प्रगतिशील लेखक सङ्घ चितवनकी अध्यक्ष समेत रहनुभएकी तिवारीले कृतिमा आफूले वैचारिक कवितालाई
कलाले लेपन लगाउने प्रयास गरेको बताउनुभयो । तिवारीका यसअघि बुद्ध र लाभाहरु तथा अस्तित्वको घोषणापत्र
गरी दुई कविता सङ्ग्रह प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष
उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी
चैत २७ गते हुने ६२ औँ शृङ्खलामा अमृत सुवेदीले ब्रजेशको उपन्यास ‘जुनेली’माथि परिचर्चा गर्नुहुने
जानकारी दिनुभयो ।

सचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित
कार्यव्रmममा प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीका
पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, सोसाइटीका पूर्व अध्यक्षद्वय राजेन्द्र चापागाईँ र गनेस पौडेल,
दीपक पराजुली, मदन भण्डारी, रघुनाथ अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको
अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल