२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अैाधाेगिक व्यापार मेलामा ५ कराेडभन्दा बढि काराेबार

२ चैत्र २०७२, मंगलवार ०३:०७

शिव न्याैपाने/चैत्र २, पाेखरा । लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको
प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पोखरामा भएको राष्ट्रिय औद्योगिक व्यापार मेला ५ करोडभन्दा बढीको
कारोवार गर्दै सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य
सङ्घको आयोजनामा फागुन २१ गतेदेखि सुरु भएको मेला करिब २ लाख दर्शकले अवलोकन गरेको सङ्घका महासचिव
रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । मेलाको समापन समारोहमा पोखराका शिक्षाविद् जर्ज जोनलाई सम्मान
गरिएको छ ।

त्यस्तै मेलामा उत्कृष्ट ठहरिएका व्यापार
कक्षहरू चम्पा कपडा, व्यापारमा हर्वल फुड्स प्रालि, शीतल जडिबुटी, रेन्वो ह्यान्डीक्राप्mट, एएसबी
अटोमोबाइन्स, श्रीराम नर्सरी, जेनेक्स अटोमेशन प्रालि र इमोन क्याफेलाई सम्मान गरिएको छ । क्यान
इन्फोटेकको सातौँ संस्करण सूचना प्रविधि मेला समेत समावेश गरिएको मेलामा विशेष प्रकारका ७८ वटा सूचना
प्रविधि सम्वन्धी कक्ष सहित ३०६ व्यापार कक्ष राखिएको थियो ।

मेलामा अन्तर उद्योग वाणिज्य सङ्घ लोकदोहोरी प्रतियोगिता तथा ख्याति प्राप्त साङ्गीतिक समूह र
लोक नृत्य लगायत कार्यक्रम गरिएको थियो । समापन समारोहमा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक शङ्करप्रसाद
कोइरालाले मेलाबाट उत्पादित वस्तुको बजारीकरणमा सघाउ पुगेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ