२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको मन्दिरमा चोरी भएपछी गुठि ब्यवस्थापन समितिका अध्यक्ष आचार्यको राजिनामा

२०७३, १८ मंसिर शनिबार ०५:२५

नन्दराम जैशी | मंसिर १८, जुम्ला | चन्दननाथ भैरबनाथ गुठि ब्यवस्थापन समिति जुम्लाका अध्यक्ष गौरीनन्द आचार्यले पदबाट राजिनामा दिनु भएको छ । 

गुठि ब्यवस्थापन समिति जुम्लाको प्रमुख संरक्षक जिल्ला प्रशासन कार्यालयले समितिलाइ निलम्बन गर्न गुठि संस्थान केन्द्रीय कार्यालयलाइ सिफारिस गरेपछि अध्यक्ष आचार्यले नैतिकताका आधारमा पदबाट राजिनामा दिनुभएको हो । मन्दिरका मूर्ति चोरी भएको बिषयमा स्तब्ध भएका आम कर्णालीबासिको मागका आधारमा समितिलाइ निलम्बन गर्न गुठि संस्थान केन्द्रीय कार्यालयलाइ प्रशासनले सिफारिस गरेको छ ।

जस अन्र्तगत आचार्यले प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डित मार्फत स्वीकृतिका लागि गुठि संस्थान केन्द्रीय कार्यालय समक्ष आफ्नो राजिनामा पेश गर्नु भएको छ । राजिनामा दिलएपछि आचार्यले भन्नुभयो, मैले आफ्नो नैतिकताका आधारमा राजिनामा पेश गरेको छु, मन्दिरका मूर्ति चोरीको बिषयमा छानबिन प्रक्रियालाइ निरन्तर सहयोग गर्ने मेरो प्रतिबद्धता छ । जतिसक्दो छिटो छानबिन भएर दोसि पत्ता लगाइ कारबाहि होस् सच्चा ब्यक्ति नफसोस अपराधि नफुत्कोस उहाले बताउनुभयो । 

यता जिल्ला प्रशासन कार्यालय जुम्लाले आज सार्वजानिक गरेको निर्णय अनुसार बर्तमान गुठि ब्यवस्थापन समिति निलम्बन रहेकाले अन्तरिम गुठि ब्यवस्थापन समितिबाट कार्य संचालन गरीने भएको छ । मालपोत अधिकृतको संयोजकत्वमा गठन गरीएको अन्तरिम गुठि ब्यवस्थापन समितिमा प्रशासन, नगरपालिका, नापि र जिविसको कार्यालय प्रतिनिधि रहने भएका छन् । 

त्यस्तै चन्दननाथ मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरीलाइ अर्को ब्यवस्था नभएसम्म निलम्बन गरी अनुसन्धानको प्रक्रिया अघि बढाइने निर्णय भएको छ । बर्तमान गुठि ब्यवस्थापन समितिका सबै पदाधिकारीलाइ निलम्बन गरी अनुसन्धान तथा छानबिनको दायरामा ल्याइने भएको छ । भने मन्दिरमा नित्य पुजाआजा गर्ने कार्यका लागि अन्तरिम रुपमा पुजारीको ब्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से