२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चैत्र १३ गते पाेखरामा अन्तर्राष्ट्रिय मगर बाैद्ध सम्मेलन हुने

२०७२, २ चैत्र मंगलवार ०३:०९

शिव
न्याैपाने/चैत्र २, पाेखरा ।
नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा यही चैत्र १३ गते
पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले हिजो पोखरामा पत्रकार सम्मेलन गरी
कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

सम्मेलन आयोजक समितिका संयोजक टीबी
पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र
विकास गरी बौद्ध धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी
मेलमिलाप कायम राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलन गर्न लागिएको बताउनुभयो ।

संयोजक पुनमगरका अनुसार यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सम्मेलनमा विभिन्न
कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरामा चैत्र १३ गते उद्घाटन हुने सम्मेलनको बन्दसत्र पोखरा–३,
नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा १४ र १५ गते हुनेछ ।

उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गर्ने सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन
सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी
दिनुभयो ।

सम्मेलनको बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध
धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार, भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका
यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र
प्रस्तुत हुने अध्यक्ष रानामगरले बताउनुभयो ।

आयोजकका अनुसार सम्मेलनको उद्घाटन अघि
चिप्लेढुंगाबाट सांस्कृतिक झाँकीसहितको ¥याली सुरु भइ नगर परिक्रमा गर्नेछ भने सम्मेलनकै अवसरमा
प्रकाशित स्मारिका ‘बोधिज्ञान’को विमोचन समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु