२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सागमा पोखराबाट सहभागी खेलाडिलाई सम्मान गरिने

५ चैत्र २०७२, शुक्रबार ०३:०३

चैत ४, पोखरा । गत
महिना भारतमा सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुदमा कास्कीबाट सहभागी खेलाडिलाई शुक्रबार पोखरामा नगद
सहित सम्मान गरिने भएको छ ।

पोखरा उपमहागनरपालिकाको तत्वाधान,
क्षेत्रिय खेलकुद विकास समितिको संयोजन र कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा सागमा पोखराबाट
सहभागी ६ खेलाडि र २ प्रशिक्षकलाई जनहि नगद १० हजार, सम्मापनप सहित सम्मान गरिने कास्की जिल्ला खेलकुद
विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

१२
औ सागमा फुटबलका हेमन गुरुङ र मनबहादुर गुरुङ सहभागी भएका थिए । फुटबलमा नेपाले स्वर्ण पदक जितेको थियो
। त्यस्तै उसुमा पोखरेली खेलाडि झरना गुरुङ सहभागी हुदै रजत पदक जित्न सफल भएकी थिइन् भने भलिबलमा मन्जु
गुरुङ, अरुणा शाही र मनिषा चौधरीले सहभागी भएका थिए । भलिबलमा नेपाले कास्यपदक जितेको थियो ।

१२ औ सागमा सहभागी उसुका प्रशिक्षक अरुण दत्त र भलिबल प्रशिक्षक कौशिला
खत्रीलाई पनि सम्मान गरिने छ । पोखराबाट सागमा सहभागी भएर पदक जिताउन भुमिका खेलेका खेलाडिको हौसला थप्न
सम्मान कार्यक्रम आयोजना गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुले बताए

पोखराको पार्दिस्थित पर्यटन बोर्डको हलमा आयोजना हुने
कार्यक्रममा दुई वर्षपछि नेपालमा हुने १३ साग पोखरामा गर्ने बारे छलफल समेत हुने भएको छ । आगामी सार्क
पोखरामा गर्न पोखरा तयार छ भन्ने सन्देश दिने गरि यहाँ रहेका विभिन्न संघसंस्था, उद्योगी, पर्यटन
ब्यवसायी, होटल संघ, पत्रकार, सुरक्षा निकाय लगायतलाई प्रमुखलाई कार्यक्रममा आमन्त्रण गरिएको कास्की
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।

पोखरा साग खेलकुद गराउन सक्षम रहेको अहिले पोखरामा भैरहेको सार्क मन्त्रीस्तरीय बैठकले पनि
पुष्टि गरेको छ, त्यसैले १३ औ साग गर्ने बारे हामीले अहिल्यै देखि छलफल सुरु गर्न लागेका हौ पश्चिमाञ्चल
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ