२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

होमस्टे आयआर्जनको नयाँ सम्भवना: तिव्र बसाईसराई रोक्न गाँउमै होमस्टे

६ चैत्र २०७२, शनिबार ०५:४९

चैत ६, पोखरा । पोखरादेखी करिब १२ किलोमिटरको दुरीमा रहेको कालावां∙ घरेडीमा
संचालीत होमस्टे विस्तारै व्यवस्थित हुदै गएको संचालकहरुले बताएका छन् । एक वर्षदेखी संचालनमा रहेको
उक्त होमस्टे अवलोकनका लागी पोखराबाट पुगेको संचारकर्मीहरु सहितको टोलीसंग आयोजित संक्षिप्त छलफल
कार्यक्रममा बोल्दै अध्यक्ष राजबहादुर गुरु∙ले प्रचारप्रसारसंगै होमस्टे विस्तारै विकास र विस्तारको
गतिमा अगाडी बढेको बताउनुभयो ।

गत पौषबाट पोखरा
उपमहानगरपालिकामा गाभिएको तत्कालिन कृष्ति वडा नं.९ मा रहेको उक्त क्षेत्र अहिलेपनि प्राकृतिक विपत्तिका
हिषावले पुर्ण सुरक्षित र प्राकृतिक सौन्दर्यतामा हिषावले अति नै रमणीय रहेको अध्यक्ष
गुरु∙ले
जानकारी दिनुभयो । उहाँका अनुसार समुन्द्री सतहदेखी करिब १४ सय मिटरको उचाईमा रहेको नेहाल
डाडाँ भ्युटावरको रुपमा प्रचलित रहेको छ । त्यहाँबाट विहानको सुर्योदय, अन्नपुर्ण हिमश्रृखला, पोखराको
बजारसंगै फेवाताल, लम्जु∙ लगायतका छिमेकी जिल्लाका महत्वपुर्ण र रमणीय दृश्यहरुको दृश्यावलोकन गर्न
सकिने अध्यक्ष गुरु∙ले उल्लेख गर्नुभयो ।

करिब १ सय ५६ घरधुरी
रहेका कालावां∙ घरेडीका करिब १८ घरहरुमा व्यवस्थित होमस्टे संचालन गरिएको उपाध्यक्ष प्रकाश गुरु∙ले
जानकारी दिनुभयो । पछिल्लो समय रोजगारीसंगै अन्य प्रयोजनका लागी गाँउबाट तिव्र बसाईसराई हुन थालेपछि
आफुहरुले आयआर्जनको नयाँ संभावना स्वरुप गाँउमै होमस्टे संचालन गरेको उहाँले बताउनुभयो । नेपालका कतिपय
गाँउहरु बसाईसराई कै कारण शुन्य बन्दै गैरहेका बेला स्थानियहरुको सक्रियतामा संचालित कालावां∙ घरेडी
हामेस्टे गाँउमा सम्भावना नदेख्नेहरुका लागी गतिलो उदाहरण सावित भएको उपाध्यक्ष गुरु∙ले दावी गर्नुभयो

मिश्रीत समुदायको बसोबास रहेको कालावां∙ घरेडी होमस्टे अन्यको
तुलनामा सस्तो र गुणस्तरीय समेत रहेको सचिव याम बहादुर गुरु∙ले उल्लेख गर्नुभयो । एशियन फोरमको
प्रत्यक्ष सहयोगमा संचालित उक्त होमस्टे एक पटकमा ३५ जना क्षमताको रहेको सचिव गुरु∙ले बताउनुभयो । अहिले
सम्म करिब ५ सयको हाराहारीमा पाहुनाहरुको सेवा गरिसकेको संचालकहरुले बताएका छन् ।

रेडियो सफलताका तालिम प्रमुख हिमलाल पौडेल, समाचार प्रमुख भीम थापा, पोखरा
मिडीया क्लवका अध्यक्ष एंव समाचारपाटी डटकमका संचालक प्रह्लादचन्द्र घिमिरे लगायत १६ जना
प्रशिक्षार्थीहरुको प्रत्यक्ष संलग्नतामा होमस्टे अवलोकनका लागी कालावां∙ घरेडी पुगेको टोलीले हामेस्टे
संचालनको नयाँ अनुभव, समस्या र चुनौतीका विषयमा संचालकहरुसंग जिज्ञासा समेत राखेको थियो ।

संचालकहरुका अनुसार होमस्टेमा पुग्नेहरुले कालावां∙ घरेडीको स्थानिय
समुदाय अनुसारका संस्कृतिको प्रत्यक्ष अवलोकन, न्यानो आतिथ्यता, सुरक्षित र सौहाद्रपुर्ण बसाई, स्थानिय
उत्पादन, नारीपा र विहानी सुर्योदय अवलोकनको मज्जा लिन सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ