२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१३ औं फेवा महोत्सवको तयारी

७ चैत्र २०७२, आईतवार ०१:३०

lakeside-sarankot

शिव न्यौपाने ।
चैत ७, पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा यही चैत २८ देखि आगामी बैशाख २ गतेसम्म बसुन्धरा
पार्कमा संचालन हुन लागेको १३ औं फेवा नव वर्ष महोत्सव २०७३ को तयारी अगाडि बढाइएको छ ।

संघले शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी यसपटकको महोत्सवलाई विगतको
भन्दा नयाँ र परिष्कृत ढंगले संचालन गर्ने तयारी गरिएको जानकारी गराएको हो । भूकम्प र नाकाबन्दीले थला
परेको पर्यटन क्षेत्रलाई जगाउन यो पटकको महोत्सवले सघाउने विश्वास संघका अध्यक्ष भरतराज पराजुलीले
व्यक्त गरे । हालै पोखरामा सम्पन्न मिनी सार्क सम्मेलने यहाँको पर्यटनलाई केही रुपमा भए पनि प्रवद्र्धन
गर्न टेवा पुगेको बताउँदै अव फेवा महोत्सवको माध्यमबाट प्रवद्र्धनको कामलाई थप अगाडि बढाइने उनले बताए

महोत्सवलाई नयाँ पन दिन संघले सल्लाह र सुझाव संकलनको काम
समेत अगाडि बढाएको बताउँदै अध्यक्ष पराजुलीले महोत्सवको मुख्य उद्धेश्य नेपाली मौलिक कला र संस्कृतिको
संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु रहेको बताए । अंग्रेजी नयाँ वर्षलाई पछिल्ला
वर्षहरुमा निकै जोड दिएर मनाउँदै आइएकोमा आफ्नै नेपाली नयाँ वर्षलाई झन् भव्य र सभ्य रुपमा मनाउन
महोत्सव आयोजना गर्न लागिएको जानकरी संघले दिएको थियो । देश विदेशका खानाका परिकारहरुको प्रदर्शनी तथा
विक्री, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती, बाल उद्यान,
डुंगा दौड, आदि महोत्सवका आकर्षण रहेने छन् । महोत्सवबाट ५० लाख आम्दानी र ४२ लाख रुपैयाँ खर्च हुने
प्रारम्भिक अनुमान संघले गरेको छ । महोत्सवमा रहने स्टलको संख्या केही दिनमा नै सार्वजनिक गर्ने तयारीमा
संघ रहेको छ ।

फेवा ताल बचाऔं भन्ने मुख्य नाराका साथ संचालन
हुने महोत्सवमा पर्यटन, संस्कृति र खाना मुख्य आकर्षण रहने छन् । चैत ३० गते साँझ पाँच बजेदेखि राति १२
बजेसम्म र बैशाख १ गते साँझ पाँच बजेदेखि रातको १० बजेसम्म स्थानीय अम्मटदेखि हल्लनचोकसम्म रेवान
पोखराको सहकार्यमा सडक महोत्सव समेत संचालन गरिने छ । महोत्सव उद्घाटन अघि स्थानीय हल्लनचोकबाट
वसुन्धरापार्क सम्म सांस्कृतिक झाँकी सहितको ¥याली निक्लने छ । महोत्सवमा आउने आन्तरिक पर्यटकका लागि
संघले आवास र खानामा छुटको समेत व्यवस्था गर्ने छ । त्यस्तो छुटको दर छिटै घोषणा गर्ने तयारीमा संघ
रहेको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । कार्यक्रममा संघका
द्वितीय उपाध्यक्ष लक्ष्मण सुबेदीेले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन संघका महासचिव
भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ