२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको वडा नंवर ७ र ३ प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित

७ चैत्र २०७२, आईतवार १७:५९

pokhara jhola

चैत ७, पोखरा । पोखरा
उप–महानगरपालिका कार्यालयले वडा नं. ७ र ३ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ
। उप–महानगरपालिकाले सरोकारवाला विभिन्न निकायहरुसंगको करिव एक महिना लामो अन्र्तक्रिया पश्चात विभिन्न
वडाहरुलाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको हो । आगामी बैशाख १ गतेदेखि पोखरा
उप–महानगरपालिका प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र हुनेछ ।

पोखराको वडा नं. ७ लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्दै
उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उपमहानगरपालिकाका सकरात्मक कदममा नगरवासीले दिल
खोलेर सहयोग गरेका कारण पोखराबाट प्लाष्टिकका काने झोला तथा गिलास निषेधको अभियान सफल हुने विश्वास
व्यक्त गरे । वडा सचिव यशोदा बरालको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा नगरस्तरिय राजनैतिक दलको तर्फबाट
तेजनारायण अधिकारीले बोलेका थिए । उनले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट सहयोग गर्ने
प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, वडा नं. ३ को घोषणा सभामा
उपस्थित स्थानियले तत्काल निषेधित क्षेत्र घोषण गर्नेतर्फ भन्दा पनि उप–महानगरपालिकाले उचित विकल्पको
व्यवस्था गर्न तर्फ ध्यान पु¥याउनु जरुरी रहेको बताए । सुर्योदय क्लवका सचिव इश्वर पुनले नगरपालिकाको
कदम स्वागतयोग्य भएपनि प्लाष्टिक झोला तथा गिलासका उत्पादक, वितरक तथा उपभोक्ताहरुलाई निश्चित समय र
विकल्प दिइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ