२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रात्रीकालीन व्यवसाय २४ सै घण्टा चल्नुपर्नेमा सहमति

७ चैत्र २०७२, आईतवार १८:०८

शिव न्यौपाने । चैत ७, पोखरा ।  पोखराको रात्रीकालीन व्यवसायलाई व्यवस्थित गर्न तथा
सुरक्षा प्रदान गर्ने विषयमा सरोकारवालाहरु एकमत भएका छन् । पोखरा उद्योग वाणिज्य संघको पहलमा आइतबार
कास्कीका प्रहरी प्रमुख, रेष्टुरेण्ट एण्ड बार एसोसियसन ( रेवान) पोखरा,सिटी रेवान, दोहोरी रेष्टुरेण्ट
संचालकहरुबीच भएको छलफलले सो निष्कर्ष निकालेको हो । सो छलफल कार्यक्रमको अध्यक्षता पोखरा उद्योग
वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय राती १० बजे
बन्द गराउने निर्णय गरेपछि व्यवसाय संचालकहरुले असन्तुष्टी जनाएका थिए । सोही समस्या समाधानको लागि
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पर्यटकीय नगरी पोखरामा पर्यटकहरुको सुविधालाई
ध्यान दिँदै रातको समयमा गरिने व्यवसायको समयावधी बढाउनु पर्ने बताएका थिए ।

त्यस्ता व्यवसाय संचालन गर्नेहरुले कानूनको पालना गर्नु पर्ने तथा शान्ति सुरक्षाको
अवस्था मजबुत बनाउन सघाउनु पर्नेमा आफू सहमत भएको उनको भनाइ थियो ।छलफल कार्यक्रमका बोल्दै कास्कीका
प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले पर्यटकीय नगरीका रेष्टुरेण्ट र होटलहरु २४ सै घण्टा
चल्नुपर्नेमा आफू सहमत रहेको बताए । उनले त्यस्ता व्यवसाय संचालन गर्दा शान्ति सुरक्षामा खलल पु¥याउन
भने नपाइने र कानूनको पालना हुनुपर्ने अडान राखे । पोखरामा भर्खरै सम्पन्न मिनी सार्क सम्मेलनलाई हेरेर
दोहोरी र डान्स रेष्टुरेण्टहरुलाई १० बजे समयसीमा तोकिएको बताउँदै उनले समय हेरफेर गर्न आफू तयार रहेको
बताए । डान्स, दोहोरी र लाइभ म्युजिकसहितका व्यवसाय संचालकहरुले अनिवार्य रुपमा साउण्ड प्रुफ हल बनाउनु
पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै रेवान पोखराका
अध्यक्ष गोपी भट्टराईले राज्यको आग्रह मान्न व्यवसायीहरु तयार रहेको बताउँदै पर्यटकीय नगरी भएकाले
यहाँका व्यवसायहरु रातभर संचालन गर्नुपर्ने धारणा राखे । सिटी रेवानका अध्यक्ष केपी शर्माले रात्रिकालीन
व्यवसाय गर्दा साउण्ड प्रुफ हल बनाउनको लागि केही समय दिनुपर्ने धारणा राखे । छलफलमा पोखरा उद्योग
वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर
प्रजु, उपमहासचिव प्रकाशदेव पालिखे, कोषाध्यक्ष दीलिपराज श्रेष्ठ लगायतको सहभागिता थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ