२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘युवा संघ र एमाले कार्यकताले जनताको पक्षमा काम गर्नुपर्छ’

९ चैत्र २०७२, मंगलवार ०३:२१

चैत ९, पोखरा । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले
नेकपा एमालेका कार्यक्रम सधै उत्कृष्ट हुनुपर्ने बताएका छन् । उनले जनतालाई दुःख दिने भन्दा सहजता दिने
गरि काम गर्न आग्रह गरे । पोखरा उपमहानगरपालिका वडा नम्वर १७, २५ र २७ सम्पन्न अधिवेशनबाट निर्वाचित
युवा संघका पदाधिकारीलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले युवा संघले नेपाली युवा
आन्दोलनलाई अगुवाई गर्नुपर्ने बताउदै अव युवा आन्दोलनलाई उत्पादनसंग जोडर अगाडि बढाउन सुझाव दिए । उनले
जनताको बहुदलीय जनबादबाट निर्देशित एमाले कार्यकता सधै श्रेष्ठता हासिल गर्ने गरि अगाडि बढनुपर्ने बताए

एमाले सचिव माधव
बास्तोलाले युवा संघले गलत कुरालाई खवरदारी गर्नुपर्ने बताए । उनले अव युवा आन्दोलनलाई परिमार्जन गदै
उत्पादनसंग जोडर आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । एमाले निर्वाचन आयोग कास्कीका अध्यक्ष टिकाराम
पंगेनीले समाजमा रहेका गलत प्रबृत्तिका विरुद्ध काम गर्नुपर्ने बताए ।

उनले युवा संघ समाजमा राम्रो गर्नेका लागी रहर लाग्दो र भरलाग्दो तथा गतल गर्नेहरुका विरुद्ध
डर लाग्दो संगठनका रुपमा उभिनपर्नेमा जोड दिए । युवा संघ गण्डकी अञ्चल अध्यक्ष नवराज ओझाले युवाहरुलाई
गोलबन्द गदै आर्थिक विकासमा लगाउदै देशमा जारी संविधान कार्यान्वयमा भुमिका खेल्नुपर्ने बताए

एमाले जिल्ला कमिटि सचिवालय सदस्य तेजनारायण अधिकारीले समाजमा
रहेका युवालाई गोलबन्द गदै समाजिक न्याय र समानताका लागी अगाडि बढाउनुपर्ने बताए । उनले युवाको अवको
भुमिका संविधानको कार्यान्वयन गदै खराव प्रबृत्तिका लागी लडनुपर्ने बताए । युवा संघ कास्कीका अध्यक्ष
विष्णु पुनले निवाचित वडाका पदाधिकारीले जिम्मेवारी पूर्वक भुमिका निर्वाह गदै समाज रुपान्तरण र
परिर्वतनको दिशामा लाग्नुपर्नेमा जोड दिए । उनले युवा संघ नेपाली युवा आन्दोलनको मुल प्रवाह भएकाले
युवाका मुद्धालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ