मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्ल"/>

2026-07-09 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीको एउटा विद्यालय, जहाँ तीन जना मात्र पढ्छन

मंसिर २१, म्याग्दी । बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् ।

जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक्षा अनुसार विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् ।

त्यसैगरी, राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योति प्राविको १ देखि ३ कक्षासम्म तीन जना विद्यार्थी रहेका छन् । यी तीनवटै विद्यालयमा दुईजना शिक्षकले तीनजना विद्यार्थीलाई पढाइरहेका छन् ।

तीनवटामा मात्रै होइन जिल्लामा ८० वटा प्रावि तहका विद्यालयमा दुई/तीन जना शिक्षकका लागि २० भन्दा कम विद्यार्थी रहेका जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले बताए ।  बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।

“सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो सङ्ख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म गाभ्ने तयारीमा छौँ”, थापाले भने। सूचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाइँसराइ प्रमुख कारण हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो