१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सकियो पोर्क महोत्सव

९ चैत्र २०७२, मंगलवार ०३:२५

चैत ९, पोखरा । पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ
पोखरा रंगशालामा आयोजित दोश्रो राष्ट्रिय पोर्क महोत्सव सकिएको छ । महोत्सवको पशुपंक्षी मन्त्रालयका
राज्यमन्त्री नरदेवी पुनले समापन गरेकी थिइन । समापन समारोहमा बोल्दै राज्यमन्त्री पुनले मन्त्रालयले ६
महिना भित्रमा मासु ऐन कार्यान्वयन गरेर छाड्ने वताइन ।

पशुपालक
किसानहरुले पशुपालन आ आफ्नै तरिकाले गरिरहेको सन्दर्भमा अझैपनि सरकारी स्तरबाट बद्य स्थल र मासु एनको
कार्यान्वयन हुन नसक्दा कृषकहरुले उचिल लाभ लिन नसकेको उनको भनाइ रहेको थियो ।
pork mahotsaba 2072 - pokhara

त्यसैगरी किसानहरुलाई सरल ब्याजदरमा कर्जा प्रवाह गर्नका
लागी आफ्नो मन्त्रालयले बैङ्कहरुसंग सहकार्य गरेर अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरिन

त्यस्तै गरी सांसद बृन्द्धा राना मगरले बंगुर पालन पेशालाइ
सरकारले अझैपनि हेपिरहेको वताउदै भुकम्प र नाकाबन्दीले यो पेशालाई प्रत्यक्ष असर गरेको बताइन । यसबारेमा
सरकारले ध्यान दिएर सहुलियत ब्याजदरमा ऋण प्रदान गरी ब्यवशायीक कृषिलाई अगाडी वढाउनुपर्नेमा उनको जोड
रहेको थियो ।

बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर
थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बंगुुर ब्यवशायी संघ नेपालका अध्यक्ष उमेश कुमार राई,
जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख राकेश प्रजापति, ब्यवशायी सूर्य प्रसाद पौडेल र सिताराम
भण्डारीले वोल्नुभएको थियो ।

चेत्र ५ देखि ७ सम्म सञ्चालित
महोत्सवमा ४६ वटा स्टल रहेका थिएभने जसमा १० वटा रेष्टुरेण्ट रहेका थिए । महोत्सवमा विशेष गरी बंगुरको
मासु र मासुबाट बन्ने परिकारको तालिम लिनेको भीड लागेका थियोभने स्थानिय तथा राष्ट्रिय स्तरका लोकदोहोरी
कलाकार मार्फत दोहोरी गीत प्रस्तुत गरिएको थियो ।

 – गिता राना
मगर बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो