२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकिय शहर  पाेखरामा बधस्थल निमार्ण हुन सकेन

२०७२, ९ चैत्र मंगलवार ०६:२३

शिव न्याैपाने/चैत्र ९, पाेखरा
 पर्यटकीय शहर पोखरामा अझैपनि मासु काट्नका लागी बध स्थल निर्माण हुन सकेको छैन ।

पोखरामा पाइने अधिकांश मासुहरु खुल्ला रुपमा मनपरी ढंगले वध
गरेर प्रयोगमा ल्याइने गरेका छन । वेला वेलामा पोखरा उपमहानगरपालिकाले बध स्थल निर्माणको कुरा गरेपनि
अझैसम्म कहिले बन्ने हो भन्ने निश्चित छैन । सरकारी तबरबाट यसको कुनै सुनुवाइ नभएपनि निजी स्तरमा भने
पोखराको दुईठाउमा बंगुरलाई लक्षित गरेर वधस्थल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपालकै ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि. रिठेपानी र यती
लाइभस्टक प्रा.लि. मझेरीपाटनले प्याक्टको सहयोगमा निजी स्तरमानै पोखरामा पहिलोपटक बधस्थलको निर्माण
गरेका हुन ।

यी दुई फार्म हाउसले बंगुरलाई लक्षित गरी
बधस्थल सञ्चालनमा ल्याएका हुन । यो वधस्थललाई सञ्चालन गरी पोखरा र आसपासका क्षेत्रमा बंगुरलाई
अत्याधुनिक तबरले बध गर्न र बंगुरको मासुलाई विभिन्न तरिकारले बर्गीकरण गर्नका लागी हिजोदेखि पोखरामा
तीन दिने मासु काट्ने तालिम शुरु भएको छ ।

पोखरा १४
मझेरीपाटनमा रहेको यती लाइभस्टक प्रा.लि.को बध स्थलमा सुरु भएको तालिममा नेपाल भरका २० जना बंगुुरपालक
किसानहरु सहभागी छन । तालिममा सहभागीहरुले विशेष गरी बंगुरको बध र बंगुरको मासुको भागहरुको बर्गीकरण र
मासुबाट बन्ने परिकार निर्माणका बारेमा जानकारी लिनेछन ।

सिप्रेड सामर्थको आयोजना र युके एडको सहकार्यमा सञ्चालित तालिममा पुम नेदरल्याण्डसका सिनियर
एक्सपर्ट पीटर कोनिङ, आयोजक संस्था सिप्रेड सामर्थका लाइभस्ट पोर्टफुली एड्भाइजर डाक्टर नन्द प्रसाद
श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु