२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकिय शहर  पाेखरामा बधस्थल निमार्ण हुन सकेन

९ चैत्र २०७२, मंगलवार ०६:२३

शिव न्याैपाने/चैत्र ९, पाेखरा
 पर्यटकीय शहर पोखरामा अझैपनि मासु काट्नका लागी बध स्थल निर्माण हुन सकेको छैन ।

पोखरामा पाइने अधिकांश मासुहरु खुल्ला रुपमा मनपरी ढंगले वध
गरेर प्रयोगमा ल्याइने गरेका छन । वेला वेलामा पोखरा उपमहानगरपालिकाले बध स्थल निर्माणको कुरा गरेपनि
अझैसम्म कहिले बन्ने हो भन्ने निश्चित छैन । सरकारी तबरबाट यसको कुनै सुनुवाइ नभएपनि निजी स्तरमा भने
पोखराको दुईठाउमा बंगुरलाई लक्षित गरेर वधस्थल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

नेपालकै ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि. रिठेपानी र यती
लाइभस्टक प्रा.लि. मझेरीपाटनले प्याक्टको सहयोगमा निजी स्तरमानै पोखरामा पहिलोपटक बधस्थलको निर्माण
गरेका हुन ।

यी दुई फार्म हाउसले बंगुरलाई लक्षित गरी
बधस्थल सञ्चालनमा ल्याएका हुन । यो वधस्थललाई सञ्चालन गरी पोखरा र आसपासका क्षेत्रमा बंगुरलाई
अत्याधुनिक तबरले बध गर्न र बंगुरको मासुलाई विभिन्न तरिकारले बर्गीकरण गर्नका लागी हिजोदेखि पोखरामा
तीन दिने मासु काट्ने तालिम शुरु भएको छ ।

पोखरा १४
मझेरीपाटनमा रहेको यती लाइभस्टक प्रा.लि.को बध स्थलमा सुरु भएको तालिममा नेपाल भरका २० जना बंगुुरपालक
किसानहरु सहभागी छन । तालिममा सहभागीहरुले विशेष गरी बंगुरको बध र बंगुरको मासुको भागहरुको बर्गीकरण र
मासुबाट बन्ने परिकार निर्माणका बारेमा जानकारी लिनेछन ।

सिप्रेड सामर्थको आयोजना र युके एडको सहकार्यमा सञ्चालित तालिममा पुम नेदरल्याण्डसका सिनियर
एक्सपर्ट पीटर कोनिङ, आयोजक संस्था सिप्रेड सामर्थका लाइभस्ट पोर्टफुली एड्भाइजर डाक्टर नन्द प्रसाद
श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ