९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हेमजामा सातौं आलु महोत्सवको तयारी तिव्र

११ चैत्र २०७२, बिहीबार ०२:२६

potetoशिव न्यौपाने/चैत ११, पोखरा । आलुको लागी पकेट क्षेत्रका रुपमा
परिचित कास्कीको हेमजामा चैत अन्तिम साता हुने सातौं आलु महोत्सवको तयारी तिव्र पारिएको छ ।

यही चैत २३ देखि ३० गतेसम्म हुने आलु महोत्सवको तयारी तिव्र पारिएको आयोजक
विष्णुपादुका क्लव हेमजाले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

‘सुन्दर गाउँ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔ, आलु एक परिकार अनेक’ भन्ने मुल
नाराका साथ आयोजना गरिने महोत्सवमा ८० ओटा स्टल रहने महोत्सव मूल आयोजक संयोजक रमेश कार्कीले जानकारी
दिनुभयो ।

महोत्सवमा आलुबाट बनेका परिकारका स्टल १२, व्यवासायीक
५० स्टल र ३० ओटा कृर्षि प्रविधिका स्टल रहने आयोजकले जनाएको छ । हेमजामा उत्पादन हुने आलु, काउली
गोलभेंडा, च्याउ, धान, बन्दा साथै अन्य कृषिजन्य उत्पादनहरुको प्रवद्र्धन र कृषि पर्यटनको
प्रचारप्रसारको लागि सातौं पटक आलु महोत्सव गर्न लागिएको हो ।

हेमजालाई कृषि पर्यटन र व्यवसायिक दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउने
उद्देश्यले महोत्सव आयोजना गरिएको हो । एकसाता चल्ने महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीहरुको
प्रर्दशनी, आलुको पहाड, आलुका परिकार, च्याउ प्रदर्शनी, जापानीज सुन्तला प्रदर्शनी, विभिन्न कृषि
बीउविजन तथा अन्य कृषि यन्त्रहरुको प्रदर्शनीहरु रहनेछन् ।

होत्सवमा बाल उद्यान, लोक दोहोरी तथा सांगितीक कार्यक्रम, हाँस्य कलाकारहरुको प्रस्तुती रहने
संयोजक कार्कीले बताउनुभयो । महोत्सवमा करिब १२ करोडको आलु बिक्री गर्ने लक्ष्य राखिएको पनि कार्कीले
बताउनुभयो । हेमजामा बार्षिक १८ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।

गत पोखरा उपमहानगरपालिकाको १७ औं वडा बनेको हेमजालाई पुन टुक्राएर दुई ओटा
बनाइएको छ । अहिले २७ र २९ गरि दुई वडा छन् । कुल १९७१ हेक्टर मध्ये ६ सय ५० हेक्टरमा आलु खेती हुने
गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ ।

हेमजाका
११ सय ५० परिवार कृर्षिमा आधारित छन् भने ६ सय ५० कृषकले व्यवसायीक आलु खेती गर्दै आएका छन् ।महोत्सव
सम्पन्न गर्न विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्कीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति र
२१ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ भने २२ ओटा विभिन्न उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा
जानकारी दिइयो । महोत्सव सम्पन्न गर्न करिब २३ लाख २६ हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो