२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन प्रबर्धनका लागि घोडा दौड

१३ चैत्र २०७२, शनिबार १३:१२

चैत १३, पोखरा । खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि
आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने
भएको छ ।

प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित अन्तरक्रिया
कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष लोकजङ्ग
लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवम् प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न
सक्ने बताउँदै उहाँले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा
राख्नुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज
पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रुपमा घोडचढी पर्यटनलाई अघि
बढाउन सकिने उल्लेख गर्नुभयो ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन
(रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै
घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव
त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका
प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको
साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचार–प्रसार अपरिहार्य भएको
बताउनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ