१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको १० पनि प्लाष्टिक झोला निषेधित

१६ चैत्र २०७२, मंगलवार ११:२२

चैत १६, पोखरा / पोखरा उप–महानगरपालिका
कार्यालयले वडा नं. १० लाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको छ ।

उप–महानगरपालिकाले सरोकारवाला विभिन्न निकायहरुसंगको करिव एक महिना लामो
अन्र्तक्रिया पश्चात विभिन्न वडाहरुलाई प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरेको हो ।
आगामी बैशाख १ गतेदेखि पोखरा उप–महानगरपालिका प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा हुने
उप–महानगरपालिकाले जनाएको छ ।

pokhara

पोखराको वडा नं. १० लाई प्लाष्टिक झोला तथा गिलास
निषेधित क्षेत्र घोषणा गर्दै प्लाष्टिक झोला तथा गिलास निषेध अभियानका संयोजक बसन्त चालिसेले
उपमहानगरपालिकाका सकरात्मक कदममा नगरवासीले दिल खोलेर सहयोग गरेका कारण पोखराबाट प्लाष्टिकका काने झोला
तथा गिलास निषेधको अभियान सफल हुने विश्वास व्यक्त गरे । वडा सचिव नवराज थापाको अध्यक्ष्यतामा सम्पन्न
कार्यक्रममा वडास्तरिय राजनैतिक दलको तर्फबाट कृष्ण बहादुर थापा र टेक बहादुर केशीले बोलेका थिए

उनीहरुले नगरपालिकाको यो अभियानलाई आफू र आफ्नो दलको तर्फबाट
सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा वडा स्तरिय राजनैतिक दलका प्रतिनिधी, टोल विकास
संस्था वडा समन्वय समितीका अध्यक्ष, वडा महिला समन्वय समिती, वडा वाल मञ्च, आमा समूह लगायतको उपस्थिती
रहेको थियो । टोल विकास संस्था समन्वय समितीका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत मन्तव्य राखेको
कार्यक्रमको सञ्चालन चन्द्रावती वाग्लेले गरेकि थिइन् । उप–महानगरपालिकाले यो संगै पोखराका १६ वडालाइ
प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन