२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पाँच जना पत्रकार पुरुष्कृत

२०७३, २५ मंसिर शनिबार १७:२३

मङ्सिर २५, दार्चुला | दार्चुला जिल्लामा विभिन्न सञ्चार माध्यममा काम गर्ने पाँच जना सञ्चारकर्मीहरु पुरुष्कृत भएका छन् । मिडिया विकास समाज नेपाल दार्चुलाले स्थापना गरेको कालापानी सिर्जनशील पत्रकारीता पुरुष्कारबाट दार्चुला एफएममा कार्यरत बैतडी घर भएका पत्रकार कृष्णबहादुर धामी किरन पुरुष्कृत भएका छन् ।

उहाँलाइ नगद पाँचहजार नगद तथा प्रमाणपत्रले प्रदान गरिएको छ । त्यसैगरी सामुदायिक रेडियो नयाँ नेपाल एफएममा कार्यरत उत्कृष्ट कर्मचारीको रुपमा कार्यरत बैतडी जिल्ला घर भएका पंकजबहादुर धामीलाई पुरुष्कृत गरिएको छ । उहाँलाई नगद १ हजार सहित प्रमाणपत्र प्रदान गरीएको छ ।

त्यसैगरी मालिकार्जुन एफएममा कार्यरत कर्मचारी मञ्जु कल्याललाई पनि कुशल कार्यकालागि पुरुष्कृत गरिएको छ । त्यसैगरी दार्चुलाबाट प्रकाशित दार्चुला सन्देश दैनिकमा गतबर्ष उत्कृष्ट रिपोर्टिङ गरेवाफत ग्वानी गाविसका स्थानीय सम्वाददाता राजेन्द्र साउँदलाई पूरुष्कृत गरिएको छ । उहाँलाई नगद १ हजार रुपैँया सहित प्रमाणपत्र प्रदान गरिएको छ भने दार्चुला जिल्लाबाट विगत १० बर्षदेखि नियमित प्रकासनमा आईरहेको कालापानी पोष्ट साप्ताहिकमा उत्कृष्ट रिपोर्टिङ गरेवाफत दार्चुलाको धौलाकोट गाविसका कपिलदेब भट्टलाई पुरुष्कृत गरिएको छ । उहाँलाई नगद १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

जिल्लामा पुरुष्कृत हुने पत्रकारहरुलाई मिडिया विकास समाज नेपाल दार्चुलाको कार्य समितिले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से