३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको पर्यटकिय स्थल पातले छाँगोमा खसेका युवक मृत भेटिए

२१ चैत्र २०७२, आईतवार ०५:१५

शिब न्यौपाने/चैत २१, पोखरा । पोखराको पर्यटकिय स्थल पातले
छाँगो अर्थात् डेभिड फल्समा खसेका एक जना मृत भेटिएका छन् । शनिवार दिउसो छाँगोको खोँचमा हामफालेका एक
पुरुष मृत भेटिएका हुन् । अन्दाजी ५० वर्षको जस्तो देखिने उनको पहिचान खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

छाँगो हेर्न गएका अन्यले दिउसो उनी हामफालेको देख्ने वित्तिकै टिकट काउण्टर र
प्रहरीलाई खबर गरेका थिए । क्षेत्रीय प्रहरी गण पोखराबाट तत्काल खटिएको उद्धार टोलीले उनको शब वाहिर
निकालेको हो ।

छोरेपाटन उच्च मावि व्यवस्थाप समिति अध्यक्ष
टीकाराम पौडेलका अनुसार उनी जानाजान हामफालेका हुन् । प्रहरीका अनुसार मृतकको साथमा १६ हजार ५ सय ६०
रुपैया भेटिएको छ । त्यस्तै, डेभिड फल्सको दुई वटा प्रवेश पास समेत फेला परेको छ ।

शवको प्रकृति र उद्धारमा खटिएका प्रहरीका अनुसार उनको साथबाट अस्वभाविक गन्ध
आएकाले कुनै विषालु पदार्थ खाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ