३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला

२४ चैत्र २०७२, बुधबार १४:२९

चैत २४, पोखरा । एकल महिलाइ पर्याप्त आर्थिक अधिकार नहुँदा समस्या
भोग्नुपरेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागि महिलाले बताएका छन् ।

मानव अधिकारक लागि महिला, एकल महिला समुह पश्चिमाञ्चलले आयोजना गरेको २ दिने क्षेत्रीय
कार्यशाला गोष्ठिमा सहभागि महिलाले सो कुरा बताएका हुन् । नाबालक छोराको नाममा सम्पत्ति राख्ने तर एकल
महिलालाई विश्वास नगर्ने परिपाटिले व्यवसायिक रुपमा एकल महिला अघि बढ्न समस्या भएको उनीहरुले गुनासो
गरेका थिए ।
nnewsकार्यक्रममा एकल महिला समुह गुल्मिका सचिव सिता पन्थीले शहर बजारको
तुलनामा ग्रामिण भेगका एकल महिलामा सामाजिक, आर्थिक, एवं सांस्कृतिक हिंसा बढि हुने गरेको बताउनु भयो ।
त्यसै गरि म्याग्दीका अध्यक्ष विमला गौचनले एकल महिला सशक्त हुने क्रम बढ्दै गएपनि आफ्नो अधिकार पूर्ण
रुपमा उपभोग गर्ने वातावरण बनिनसकेको बताउनु भयो ।


कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्किका प्रमुख लक्ष्मी जि.सीले एकल महिला
राहत कोष, लैगिंक हिंसा न्यूनिकरण कोष, संकटापन्न बाल उद्धार कोष, आपतकालिन कोषका बारेमा सहजीकरण गर्नु
भएको थियो ।

क्षेत्रीय सचिव एवं कास्की जिल्ला अध्यक्ष प्रमिला
तझ्याले एकल महिला आर्थिक रुपमा सबल हुन सके हिंसा सहेर बस्नु नपर्ने बताउनु भयो । उहाँले जिल्लाका
झण्डै २ सय जना एकल महिलालाई सिपमुलक तालिम लिइ स्वरोजगार बन्न सफल भएको बताउनु भयो ।


समुहका क्षेत्रिय अध्यक्ष मिना पन्थिले नेपालको संविधान २०७२ को धारा ४३ मा
एकल महिलाको सामाजिक सुरक्षाका विषयमा उल्लेख गरेको भन्दै एकल महिलाका आवाजहरु स्थानिय एवं राष्ट्रिय
रुपमा स्थान पाउँदै जानु आन्दोलनको सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले एकल महिलालाई विचरा र
सहानुभूति होइन अवसरको खाँचो भएको बताउनु भयो ।

कार्यक्रममा
पश्चिमाञ्चलका १० जिल्लाका सहभागिहरुले जिल्लाको प्रतिवेदन पेश गरेका थिए भने भावि कार्ययोजना र
उपलब्धिका बारेमा समिक्षा गरिएको समुहका जिल्ला सचिव जुना के.सीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति