३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अनेरास्ववियु भर्नासगै कपी कलम अभियानमा

२७ चैत्र २०७२, शनिबार १४:४५

पोखरा २७ चैत  ।  शैक्षिक शत्र २०७२ आम नेपाली
जनताको चाहना अनुरुप सुखद रहन सकेन । केही आशा सहित सुरुवात भएको शैक्षिक सत्र बर्ष २०७३ मा सबै
सिमान्तकृत ,पिछडिएका बालबालिकालाइ शिक्षाको अवसर प्रदान गर्ने हेतुका साथ अनेरास्ववियु कास्कीले कपि
कलम अभियान संचालन गर्ने भएको छ । अनेरास्ववियु संगठन बिभाग कास्कीका प्रमुख एवम जिल्ला कमिटी उपाध्यक्ष
लक्ष्मण तिमिल्सिनाको संयोजकत्वमा संचालित अभियान १ महिना सम्म चल्ने छ ।

अभियान अन्तर्गत
बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय भर्ना एवम कपि कलम बितरण गरिने छ । कपि कलम नपाएर
बिद्यालय जान बाट बञ्चित बालबालिकालाइ बिद्यालय पुग्ने अवसर प्रदान गर्न अनेरास्ववियुले कपि कलम अभियान
संचालन गर्न लागेको अनेरास्ववियु केन्द्रिय सदस्य आर्शिवाद सुबेदीले जानकारी दिएका छन । यस्तै
अनेरास्ववियु कास्कीले बिद्यालय संचालक हरुलाइ समेत चन्दाको साटो गरीब जेहन्दार छात्रबृत्ति खुल्ला
प्रतिस्पर्धा बाट प्रदान गर्दै बालबालिकालाइ शिक्षाको अवसर प्रदान गरी दिनका लागि आग्रह गरेको छ

कपि कलम अभियान अन्तर्गत अभियानमा हातेमालो गर्न चाहने सहयोगदाताहरुलाइ कपि कलम सहयोग गरीदिन
आग्रह गरेको छ । अनेरास्ववियु कास्कीले यस अभियानका लागि आर्थिक सहयोग भने नलिने जनाएको छ । शिक्षामा
सबैको पहुच पुर्याउनका साथै शिक्षामा निरन्तरताका लागि अभियान संचालन गर्नु परेको अनेरास्ववियु
केन्द्रिय अनुशासन आयोगका सदस्य अर्जुन अधिकारीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’