2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्ने : ऊर्जा मन्त्री शर्मा

मंसिर २८, मोरङ । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताउनुभएको छ । 

प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताउनुभयो । “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उहाँले भन्नुभयो । 

मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताउनुभयो । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उहाँको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुग्नुभएका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताउनुभयो । 

“नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उहाँले भन्नुभयो । सुकुम्वासीका लागि रु एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । यसअघि मिटर लिन सुकुम्वासीले रु दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई