३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरिक्षक मोहनमणिको स्वागत

७ बैशाख २०७३, मंगलवार ००:०७

Pokhara Police

शिव न्यौपाने । बैशाख ६, पोखरा । भर्खरै मात्र सरुवा भई
वडा प्रहरी कार्यालय बैदाम आएका प्रहरी निरिक्षक मोहनमणि अधिकारीलाई सामुदायिक सेवा केन्द्र बैदामले एक
समारोहका विच स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक अधिकारीले वडा बासिहरुका
समस्या र सिफारिसहरु कानुनको परिधिमा रहि पुरा गर्ने बताए । ‘म तपाईहरुको सकारात्मक कृयाकलापमा साथ दिने
छु,तर मलाई तपाईहरुको पनि साथ चाहिन्छ’–उनले भने चौध महिना अघि मात्रै पोखराबाटै सरुवा भएका अधिकारी
फेरी पोखरै आएका हुन् । यसअघि उनी पर्यटन प्रहरी निरिक्षकका रुपमा यहिं कार्यरत थिए । ‘मैले पोखरा र
पोखरेलीलाई चिनेको छु, यहाँ कसरी काम गर्ने भन्ने बारेमा योजना चित्र पनि बनाएको छु’–उनले भने

यसअघि सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति
कास्कीका अध्यक्ष विष्णुबहादुर सकारात्मक काम गर्नेहरुलाई पोखरेलीहरुले स्वागत गरे जस्तै विदाई पनि
गर्ने गरेको उल्लेख गरे । उनले आर्थिक प्रलोभनमा चलखेल गरे उच्च अहोदामा रहेकालाई पनि बहिस्कार गर्ने र
राम्रो काम गरे तल्लो तहकालाई पनि साथ दिने बताए । त्यस्तै आयोजक केन्द्रका अध्यक्ष हिरु पुनले पर्यटकिय
क्षेत्र लेकसाइडमा देखिएको विकृती विसंगती हटाउन प्रहरीसंग हातेमालो गर्ने बताइन्

होटल प्रतिनिधी समाजका अध्यक्ष दिपेन्द्र पहारीले
पर्यटन बसपार्कमा पर्यटकहरुमाथी हुने दुव्र्यवहार त्यहाँबाट हटेपनि लेकसाइडकै हल्लनेचोक, बाराहीघाट
लगाएतका क्षेत्रमा अझैपनि पर्यटकहरुमाथि तानातान हुने गरेको औल्याए यस्तो विकृती हटाउन पर्यटन प्रहरी
चनाखो हुनुपर्ने उनको जोड थियो । कार्यक्रममा अग्रज पर्यटन व्यवसायि गोविन्दराज पहारी, बासुदेव
त्रिपाठी, वडा समन्वय समिति संयोजक गिरीराज अधिकारी, कार्यक्रममा उपस्थित आमा समुहका प्रतिनिधी तथा टोल
सुधार समितिका पदाधिकारी लगाएतले लेकसाइड क्षेत्रमा हुने गरेको ध्वनी प्रदुर्शण रोकिनुपर्ने, ट्राफिक
व्यवस्थापनमा ध्यान दिनुपर्ने लगाएतका सल्लाह सुझाव दिएका थिए । आयोजक केन्द्रका सह–सचिव चेतनारायण
पाण्डेले कार्यक्रम सञ्चालन तथा उपाध्क्ष भिम पराजुलीले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’