११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मानवअधिकारप्रति सरोकारवाला निकाय नै गैर जिम्मेवार ः न्यायाधिश कोईराला

६ पुष २०७३, बुधबार १०:४६

ताराबहादुर महत, पुस ५ । दोलखा, दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधिश शालिग्राम कोईरालाले सरोकारवाला निकायहरु नै मानवअधिकारप्रति संवेदनशील हुन नसकेको बताउनु भएको छ ।

 जिल्ला तहमा रहेको मानवअधिकार सम्बन्धि कार्ययोजना कार्यान्वयन इकाईले नै निष्क्रियता देखाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो । कानुन मन्त्रालयद्वारा आज चरिकोटमा आयोजित मानवअधिकार कानुनका सम्बन्धमा सरकारी अधिकारी एवम् सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै न्यायाधिश कोईरालाले धेरैजसो असहाय, अपाङ्ग र अशक्त नागरिकहरु न्यायको पहुँचमा आउन नसकेको उल्लेख गर्नुभयो । मानवअधिकारसँग सम्बन्धित पछिल्ला केहि कानुनहरु र तीनमा रहेका कानुनी व्यवस्थाहरुको बारेमा मन्त्रालयका उपसचिव विनोद भट्टराईले जानकारी गराउनुभएको थियो । उहाँले घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६, जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ र बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ को बारेमा प्रष्ट्याउनुभएको थियो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सह सचिव साधुराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका सहभागिले कानुनी व्यवस्थाप्रति राखिएका जिज्ञासामाथि सहसचिव सापकोटा, जिल्ला न्यायाधिश शालिग्राम कोईराला र उपसचिव विनोद भट्टराईले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कट्वाल, जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेति, राष्ट्रिय पुननिमार्ण प्राधिकरण उपक्षेत्रिय कार्यालय दोलखाका निमित्त प्रमुख युवराज खरेल, प्रहरी निरिक्षाक विनोद सुनुवार लगायत जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कानुन व्यवसायी, संचारकमी, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो