१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बोलबमको अन्तिम सोमबार दर्शनार्थीको शिवालय मन्दिरमा घुइचो

१४ भाद्र २०७२, सोमबार ०७:३९

दीपकअनुरागी आचार्य/भाद्र १४, कपिलवस्तु । बोलबमको अन्तिम दिन सोमबार
कपिलवस्तुका शिवालय मन्दिरमा दर्शननार्थीको भिड लागेको छ ।

हिन्दुधर्मालम्बिहरुको भनाई अनुसार यस बर्ष साउन १५ बाट मात्र साउन लागेकाले श्रावण दोस्रो
सातादेखि शुरु भएको श्रावणी मेलाको रुपमा मनाइने बोलबोमको अन्तिम सोमबार कपिलवस्तु लगायत देशका बिभिन्न
शिवधाम तथा शिवालयहरुमा श्रद्धालु् भक्तजनहरुको बाक्लो भिड लाग्यो ।

साउन महिना शिब भगबानलाई निक्कै मन पर्ने हुदा हिन्दु धर्माबलम्बीहरुले साउने सोमबारलाई निकै
महत्वपुर्णको साथ मनाउने गर्दछन् । साथै आफ्ना नजिकका शिब मन्दिरहरुमा गई पुजाआजा गर्नेको निकै भिड पनि
लाग्दछ ।

सोमबार बिहानै स्थानिय रामघाट नदीमा स्नान गरी जल चढाउन तौलिहबा स्थित तौलेश्बरनाथ
मन्दिरमा भक्तजनको भीड लागेको थियो । आज सोमबार ब्रत बसी पुजाआजा गर्न हिजो राती नै श्रद्धालु भक्तजनहरु
नदी किनारमा भजन किर्तन र चुट्का गाएर जग्राम बसेका थिए ।

भक्तजनहरुले बोलबम बोलबमको भजन गाउंदै शिव मन्दिरहरुमा जम्मा भई शिवको पुजा आराधाना गरेका थिए
। प्राचिन शिवलिङ्गलाई साउनमा स्वयंउत्पति शिवज्योतिर्लिङ्गका रुपमा पुजाआजा गर्ने र पवित्र गंगाजल
अपर्ण गर्ने गरेमा रोगव्याधी हराउने तथा दैवी प्रकोप नपर्ने जनविश्वास रहि आएको छ ।

विशेषगरी
जिल्लाका लक्ष्मणघाट, तौलेश्वरनाथ लगायतका स्थानमा बढि भिड लाग्ने गर्दछ । त्रेता युगमा भगवान राम र
लक्ष्मण बनबास जाने क्रममा तिर्खा मेटाउनलाई बाणगंगा नदिमा बाण हानेर लक्ष्मणघाटमा पानी निकालेको
जनविश्वासमा लक्ष्मणघाटलाई पश्मिाञ्चल क्षेत्रकै पवित्र धार्मिक स्थलका रुपमा मानिने हुंदा जल चढाउने
भक्तजनहरु आउने गर्दछन् ।

सदरमुकाम तौलिहवामा अवस्थित तौलेश्वरनाथ मन्दिर नेपालको दोस्रो
पशुपतिनाथका रुपमा समेत परिचित छ । बिभिन्न राजनितिक विभिन्न वन्दका कारण विगतमा भन्दा भक्तजनहरुको
संख्यामा कमि आएको छ ।

पछिल्लो समयमा देशमा विभिन्न समुदाय र
सम्प्रदायका रुपमा विभाजित भई विभिन्न मुठभेड र तिक्तताको अवस्था देखिरहँदा धार्मीक आस्थाका माध्यमबाट
एकै स्थान र परिवेशमा जुटाएर सद्भाव र सहिष्णुता स्थापित गर्ने काम समेत श्रावणी मेलाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार